साउन २०, काठमाडाैं । काठमाडाैं उपत्यका पुस्तकालय अाजबाट खुला हुने भएकाे छ ।
पुस्तकालय अब समाज कल्याण परिषद्को मातहतमा रहेर सञ्चालन हुने जनाइएको छ ।
पुस्तकालयसहित सो स्थानमा रहेका अन्य स्टलले भाडा नतिरेपछि मन्त्रालयले स्टलहरूमा चाबी लगाउने निर्णय गरेको थियो ।
पुस्तकालयको हकमा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले स्टल नं. ३४ र ६८ तर्फ चैत मसान्त २०८२ सम्म २ करोड ९० लाख २३ हजार ३६७ रुपैयाँ बहाल बक्यौता थियो ।














