असार २, काठमाडाैं । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना अखडामा बी–५२ स्ट्र्याटोफोट्र्रेस बमवर्षक विमान उडान भरेको केही समयपछि दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारी अनुसार विमानमा सवार आठै जनाको मृत्यु भएको आशंका गरिएको छ ।
दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे भएको समाचार एजेन्सी एपीले अमेरिकी वायुसेनालाई उद्धृत गर्दै जनाएको छ । विमानले उडान भरेपछि पर्याप्त उचाइ लिन नसकी एयरबेस नजिकैको मरुभूमि क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।














