Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (NLIIDF) र नेपाल जग्गा तथा आवास विकास संघ (NLIIDA) को संयुक्त आयोजनामा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आयोजना हुने भएको छ। आगामी २०८३ साल असोज १ गतेदेखि ४ गतेसम्म (सेप्टेम्बर १७–२०, २०२६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।

नेपाल जग्गा तथा आवास विकास संघले विगतमा नियमित रूपमा आयोजना गर्दै आएको घरजग्गा तथा निर्माण प्रदर्शनीको यो १९औं संस्करण हो। यस वर्षको प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औं हिरक जयन्तीको अवसरसँग समेत जोडिएकाले विशेष महत्वका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

You might also like

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको सन्दर्भमा वैज्ञानिक, किफायती, व्यवस्थित तथा सुरक्षित आवास विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार मेलाले रियल इस्टेट व्यवसायी, निर्माण क्षेत्रका सरोकारवाला र उपभोक्तालाई एउटै मञ्चमा जोड्नेछ।

प्रदर्शनीमा भवन तथा संयुक्त आवास (अपार्टमेन्ट), जग्गा विकास आयोजना, निर्माण सामग्री, इन्जिनियरिङ तथा आर्किटेक्चर सेवा, बैंक तथा बीमा क्षेत्रका संस्थासहित स्वदेशी तथा विदेशी प्रदर्शकहरूको सहभागिता रहनेछ। यसपटक १०० भन्दा बढी स्टल रहने अनुमान गरिएको छ।

मेलामा विद्युतीय उपकरण, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनिटरीवेयर, विभिन्न ब्रान्डका पेन्ट, सेरामिक, सिसा, काठ तथा ढुंगा, आइरन, स्टिल र सिमेन्टजस्ता निर्माण सामग्री प्रदर्शन गरिनेछ। साथै इन्टेरियर डेकोर, वास्तुकला, भर्चुअल रियालिटी (VR), अग्मेन्टेड रियालिटी (AR), सौर्य ऊर्जा तथा आधुनिक फोहोर व्यवस्थापन प्रविधिसम्बन्धी जानकारी र परामर्श सेवा समेत उपलब्ध गराइनेछ।

आयोजकका अनुसार प्रदर्शनी अवधिमा सहभागी कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक शुभारम्भ (प्रोडक्ट लञ्च) गर्न सक्ने विशेष व्यवस्था पनि मिलाइनेछ। विभिन्न क्षेत्रका विज्ञहरूले उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवा प्रदान गर्नेछन्।

घरजग्गा तथा आवास क्षेत्रका व्यवसायी, लगानीकर्ता, घर तथा जग्गा खरिदकर्ता, रियल इस्टेट एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, शहरी योजनाकार, इन्टेरियर डिजाइनर, निर्माण सामग्री आपूर्तिकर्ता लगायतका सरोकारवालाका लागि मेला साझा मञ्च बन्ने आयोजकको विश्वास छ। नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह तथा नियमनकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

आर्थिक गतिविधिमा सुस्तता देखिएको वर्तमान अवस्थामा प्रदर्शनीले घरजग्गा तथा आवास कारोबारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने आयोजकको दाबी छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदरको वातावरणमा उपभोक्तालाई सुरक्षित तथा दीर्घकालीन लगानीका अवसरबारे जानकारी दिन समेत मेला उपयोगी हुने जनाइएको छ।

‘दिगोपनाका लागि हरियाली’ (Green for Sustainability) भन्ने मूल नारासहित आयोजना हुने प्रदर्शनीले आधुनिक, दिगो तथा वातावरणमैत्री शहरीकरणको अवधारणालाई प्रवर्द्धन गर्दै व्यवस्थित आवास विकासमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Related

Previous Post

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

Sambridinews

Sambridinews

Related Posts

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’
TOP STORIES

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह

त्रिविकाे ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला

मङ्लबार, भदौ १२, २०८०
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

बिहिबार, मंसिर ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३
आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’
TOP STORIES

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

शनिबार, जेष्ठ १६, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

शुक्रबार, जेष्ठ १५, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In