Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको छ : राजेश काजी श्रेष्ठ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चितवन । चितवन चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा हीरक जयन्ती समारोह समिति संयोजक राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले नेपाली उत्पादनको विश्व बजारमा पहुँच विस्तार गर्नु आजको आवश्यकता मात्र नभई राष्ट्रिय आर्थिक समृद्धिको आधार रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालका मौलिक तथा गुणस्तरीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकारी नीतिगत सहजीकरणसँगै निजी क्षेत्रको सक्रियता अपरिहार्य छ। चेम्बर अभियानलाई विश्वव्यापी सञ्जालमा विस्तार गर्दै अन्तर्राष्ट्रिय मेला, द्विपक्षीय व्यापार सम्झौता, लगानी साझेदारी, आयात-निर्यात सहजीकरणजस्ता विषयमा संस्थागत पहललाई अझ सशक्त बनाउनु आवश्यक छ।” श्रेष्ठले स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गर्नुभयो। उहाँले भारत, चीन, भियतनाम लगायतका मुलुकसंग व्यापार साझेदारी तथा प्रबर्द्धनमा उल्लेख्य प्रगति हासिल भएको बारे चर्चा समेत गर्नुभएको थियो ।

You might also like

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न नेपाल चेम्बर अफ कमर्स तथा अन्तर्राष्ट्रिय चेम्बरहरूको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो स्थानीय उत्पादनको पहिचान, गुणस्तर र मौलिकता नै हाम्रो शक्ति हो। त्यसलाई उचित ब्रान्डिङ र प्रवर्द्धनमार्फत विश्व बजारमा स्थापित गर्न सरोकारवाला सबै निकायबीच सहकार्य अझ मजबुत बनाउनुपर्छ।” साथै उहाँले चितवन क्षेत्रका कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन थप रणनीतिक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष राजेन्द्र अर्यालले चेम्बर अभियानमा जिल्ला, नगर तथा गाउँस्तरमा गठन भएका चेम्बरहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहबाटै उद्यमशीलता विकास, बजार विस्तार र रोजगारी सिर्जनामा चेम्बरहरूले सकारात्मक योगदान पुर्‍याउँदै आएको धारणा राख्नुभयो।

कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका सल्लाहकार मनोज रानाभाटले देशको आर्थिक विकासका लागि स्थानीय सरकार र चेम्बरबीचको साझेदारी अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको अनुभव र स्थानीय तहको संरचनात्मक शक्तिबीच समन्वय हुन सकेमा आर्थिक गतिविधि अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

अन्तर्क्रिया कार्यक्रममा व्यवसायी, उद्योगी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, निर्यातमुखी उद्योगको प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा आफ्ना धारणा राख्दै कार्यक्रमलाई फलदायी बनाएका थिए।

Related

Previous Post

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

Next Post

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

Sambridinews

Sambridinews

Related Posts

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
Next Post
नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए

भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए

मङ्लबार, चैत्र २८, २०७९
सुशासनको नारा लिएर ‘काज’मा दसैँ मान्न हिडेका कर्मचारी

सुशासनको नारा लिएर ‘काज’मा दसैँ मान्न हिडेका कर्मचारी

आइतवार, कार्तिक ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

बिहिबार, भदौ ४, २०८३
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
FEATURED

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In