Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पुनर्जागरण र नेपाली दुरअवस्था

Sambridinews by Sambridinews
शनिबार, पुस २, २०७९
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


-भोजराज घिमिरे


पुनर्जागरण र मध्ययुगीन कालमै दैवी सिद्धान्तमा आधारित अन्धकारको युगका बिरुद्ध आवाजहरु उठ्न थालेका थिए । मध्यकालीन समयमा युरोप लगायत एशियामा अनेक खाले बिचारमाथि विमर्ष भएका थिए ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

मानव इतिहासमा कुनै बिचारको जन्म र त्यसमा आधारीत क्रान्ति छिनभरको घटनाको परिणाम होइनन । त्यसका पछाडि लामो पृष्ठभूमि र बाङगोटिङगो इतिहासको प्रवाहले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

१३औं शताब्दीबाट करिब १६औं शताब्दीसम्म खास गरी मानसिक र बौद्धिक रुपमा र १८औं शताब्दीसम्म आइपुग्दा दार्शनिक व्यवहारिक र भौतिकरुपमा जनजीवनका समग्र पक्षमा युरोपेली महादेश हुदै विश्वका विभिन्न भागमा स्वभाविक र सहजरुपमा फैलिदै आएको बहुपक्षीय सभ्यताको क्रान्तिकारी आन्दोलनल नै पुनर्जागरण हो ।
पुनर्जागरण आन्दोलन पछि साहित्य, संस्कृतिक, ज्ञान, बिज्ञान, शिक्षा, राजनीतिक, धर्म आदि क्षेत्रमा नयाँ बैज्ञानिक आधुनिक उदार, सरल र प्रजातान्त्रिक सभ्यताको बिकास हुदै आयो ।

यसले बिश्वका मानवबीचमा स्वतन्त्रता, समानता र बन्धुत्वको भावनाको बिकास भयो । इतिहासका कालखण्डलाई भाग लगाउने कुरामा पनि लागु हुन्छ । तर पनि इतिहासकारहरुले सन १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्तिको शुरुवातलाई आधुनिक इतिहासको कालबिन्दु भन्ने गरेका छन
।

फ्रान्सेली राज्यक्रान्ति विश्व मानव इतिहासको एउटा भयानक र निर्मम क्रान्ति थियोे । फ्रान्सेली क्रान्तिको सेरोफेरोमा साम्यवादी बिचारका केही बलिया आधारहरु पाइन्छन् । तर यसका ऐतिहासिक रुप र जराहरु खोज्दै जाने हो भने पुनर्जागरण काल हुदै प्राचीन ग्रिक सभ्यतासम्म पुग्न सकिन्छ ।
ईसाई पुर्व ५९४ मा कानुनको संग्रह गर्ने कोमलहृदयी सोलनले ऋणको भारबाट कृषकलाई मुक्त गर्न निश्चित शासनको स्थापना गर्ने ब्यवस्था गरी एथेन्समा सावाँ र ब्याज बुझाउन नसक्ने ऋणीलाई कमरा र कमारी बनाउने प्रथा समाप्त गर्ने, हदबन्दी भन्दा बढी जग्गाजमिन राख्न नपाउने अन्न निर्यात गर्न रोक्ने, मुद्राको व्यवस्था गर्ने, ब्याक्तीलाई जन्मसिद्ध राजनीतिक अधिकार प्रदान गर्ने,गरिबले पनि सांसद बन्न र सरकारमा जान पाउने कानुनका सामु सबै बराबर छन भन्ने सिद्धान्त र व्यवस्था कायम गरेका थिए ।

आजको मानव समाज र सभ्यता युनानको ऋणी छ भनिन्छ । त्यसोत बैज्ञानिक साम्यवादी बिचारधारा पनि प्राचीन युनानको दर्शन विचारधारा र राजनीतिक आयमबाट ऋणमुक्त छैन।

पुनर्जागरण कालमा भएका खोज, अनुसन्धान र आविष्कारहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म बर्गहरुको उत्पत्ति गरायो ।
यो कालले विश्वमा वयवस्थित पुँजीवादी क्रान्तिको संघारको शिलान्यास मात्र गरेन, मानवतावादको प्रचार पनि गर्याे ।
पुनर्जागरण कालमा पुँजीवादी युगको शुभारम्भ एक नयाँ बौद्धिक तथा सांस्कृतिक आन्दोलनका रुपमा स्थापित भयो ।
पुनर्जागरण कालको मानवतावादी दर्शनले नयाँ फेरिएका उत्पादन प्रणालीसंगै शोषण प्रधान समाजलाई नै बढ्वा दियो ।
पुनर्जागरण कालको मानवतावाद समाजका अभिजात तथा कुलीन बर्गका लागि मात्र प्रयाप्त भयो । तर पनि पुनर्जागरणले विश्वलाई नयाँ दिशातिर उन्मुख मात्र गराएन साँगुरो पनि गरायो ।

गृह उद्योगको स्थान ठुला कलकारखानाले लिन थाले जसमा सयकडौ मजदुरहरु उत्पादन प्रणालीमा सहभागी भए ।
युरोपको समाज एउटा यस्तो नयाँ श्रेणीमा परिवर्तन भयो, त्यो पुँजीपति वर्ग र मजदुर वर्ग थियो ।
यसरी मजदुर श्रेणीमा परेको श्रमजीवी बर्ग नै भावी बिश्व कम्युनिस्ट आन्दोलनको सभन्दा क्रान्तिकारी बर्गका रुपमा दरिएको थियो ।
त्यो बर्गले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा भयानक बलिदानीपूर्ण आन्दोलन लड्यो । युरोपको पुनर्जागरण कालले एउटा मध्ययुगीन अन्धकार युगलाई समाप्त मात्र पारेन, इसाई धर्मका प्रस्तावना र पादरीहरुको प्रचलनका बिरुद्ध समेत जबर्जस्त आवाज बुलन्द गर्याे ।

पुनर्जागरण आन्दोलनले धर्म सुधार आन्दोलनलाई अनिवार्य बनायो । अन्धविश्वासमा जड्तालाई फाल्न यो आन्दोलन आंसिक रुपमा सफल भयो ।
यो आन्दोलनले धर्मलाई केही सहज बनाउने काम भने अवश्य गर्याे । अब धर्म एउटा कठोर कानुनमा बाँधिएको जड् बिषय रहेन ।
सन १५०४ देखि १५५४ सम्म चलेको धर्म सुधार आन्दोलनले धर्मलाई फेर्न बदल्न सुधार्न मात्र होइन, धर्म नमान्न पनि पाइन्छ भन्ने बैचारिक प्रतिमान समेत स्थापित गरिदियो ।
अठारौं शताब्दीको अन्तमा युरोपमा दुई वटा महान क्रान्तिहरु भएका थिए । एउटा फ्रान्सेली राज्यक्रान्ति र अर्को बेलायतको औधौगिक क्रान्ति थियोे । यी दुवै क्रान्तिले मानिसको सामाजिक र राजनीतिक जीवनमा धेरै परिवर्तन ल्यायो ।
बेलायतको औधौगिक क्रान्तिले मानव जातिको जीवन पद्धति र रहनसहनमा धेरै परिवर्तन ल्याइदिएको थियोे । बेलायतले विश्व उपनिवेशमा यसलाई फैलाउदै विभिन्न देशमा विस्तार गर्यो ।

अन्तर्राष्ट्रिय कानुनले यसलाई साझा सम्पत्ति मान्दै आयो । यो क्रान्तिले वास्तबिक बैज्ञानिक र फलदायी क्रान्तिकोरुप धारणा गरेको छ ।
यही क्रान्तिको जगमा समाजवादी आन्दोलनको सुत्रपात भएको मानिन्छ । कार्ल माक्स र फ्रेडिग एङगेल्सले सन १८४८ मा २३ पन्नाको बिश्व कम्युनिस्ट घोषणापत्र जारी गर्न उत्प्रेरित गर्ने कार्यकालागि जर्मनीका जुलाह र बेलायतका चार्टीस आन्दोलनको ठुलो योगदान छ ।
माक्सवादको द्धन्दात्मक भौतिकवादको सार पदार्थ र उसका विभिन्न व्यक्त रुपको अस्तित्व नैसर्गिक द्धन्दात्मक गतिमा छ ।
पदार्थ अस्तित्वको माध्यम हो । गतिबिना सृष्टिको अस्तित्व अकल्पनीय कुरा हो ।

यस सिद्धान्तले भौतिक जगत मानव समाज र ज्ञानको गति परिवर्तन र बिकासको मुलकारण त्यसका चरित्रको ब्याख्या गर्दछ ।
माक्सवाद समष्टिगत रुपमा एउटा पुर्णाङ्क बिज्ञान हो । जसले विश्व ब्रमाण्ड दृग्विय अर्थात पदार्थ तथा परिघटना हो । कम्युनिस्ट पार्टीको लक्ष्य पनि बिज्ञान सम्वत हुनुमा यिनै विषयले पुष्टि गरेको छ । कम्युनिस्ट पार्टीको लक्ष्य प्राप्त नभएसम्म अपरिवर्तनिय रुपमा चल्ने क्रान्तिको समग्र योजनालाई रणनीतिक मानिन्छ ।
स्टालिनले ठिकै भनेका छन, क्रान्तिको एउटा निश्चित चरणभरिका लागि सर्वहारा बर्गको प्रहारको मुख्य दिशा निर्धारण क्रान्तिकारी शक्तिहरुको बिन्यास सम्बन्धि योजनाको ब्याख्या र क्रान्तिको त्यस चरणभरि नै त्यस योजनालाई लागु गर्नको निम्ति गरिने संघर्ष नै रणनीति हो ।
त्यसलाई नेपालको सन्दर्भमा ब्याख्या गर्दा सामन्तवाद, दलाल, नोकरशाही पुँजीवाद र बिदेशी एकाधिकार पुँजीवादको प्रमुख प्रतिनिधिका रुपमा रहेको राजतन्त्रात्मक तानाशाही शासन थियो ।

सामन्ती राजतन्त्रात्मक कालदेखि नै समाजमा जातीय तथा क्षेत्रीय विभेद असमानता र गैरसमावेशीता रहदै आउनु आधुनिक युगमा दुखत कुरा थियो ।
त्यसलाइ सच्याउनु महत्वपूर्ण दायित्व राजनितिक दलहरुको थियो । तर, त्यो सच्याउने तर्फतिर नलागि नेताहरु आफै त्यसैतर्फ लागेको आभास हुन थालेको छ ।
बर्तमान अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलन भित्र मै खाउ, मै लाउ, मै सुख भोग गरौं भन्ने मुठ्ठीभर ब्याक्तीहरुको आत्मतृप्ती गर्ने चरित्र हावी हुदै गएको छ । त्यो नसच्यिए विकसित राष्ट्रको नजरमा हामी सधैभरी गरीव, असभ्य र वेरोजगार भन्दा माथि उठ्न सक्दैनौं ।

Related

Previous Post

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति

Next Post

अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि

अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

सोमवार, जेष्ठ २०, २०८२
पौडीमा जेम्स च्याम्पियन

पौडीमा जेम्स च्याम्पियन

शनिबार, साउन १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In