Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, May 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

Sambridinews by Sambridinews
बुधबार, माघ २९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ ।

बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत द्वय भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धक द्वय गणेश प्रसाद अवस्थी तथा ज्ञानेन्द्र प्रताप शाह लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो ।

You might also like

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

डिजिटल लाउञ्जको उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटली २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए । उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अब्बल रहेको बताए ।

डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक डिजिटली जम्मा गर्न सक्ने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको बताए ।

नबिल बैंकका यसै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् । यस डिजिटल लाउञ्ज सेवा बिस्तारसँगै नबिल बैंकले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैंकिङतर्फको यात्रालाई थप सशक्त बनाएको छ । ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमार्फत नबिल बैंकले डिजिटल बैंकिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

Related

Previous Post

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

Next Post

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
TOP STORIES

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
TOP STORIES

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध
TOP STORIES

नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक
TOP STORIES

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
Next Post
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्ती मनाइदै ; पूर्वमा सार्वजनिक बिदा

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्ती मनाइदै ; पूर्वमा सार्वजनिक बिदा

आइतवार, कार्तिक २५, २०८१
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

मङ्लबार, चैत्र १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

मङ्लबार, बैशाख २९, २०८३
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
TOP STORIES

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

मङ्लबार, बैशाख २९, २०८३
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
TOP STORIES

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

मङ्लबार, बैशाख २९, २०८३
नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध
TOP STORIES

नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध

मङ्लबार, बैशाख २९, २०८३
नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक
TOP STORIES

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

मङ्लबार, बैशाख २९, २०८३
ला जुडो हुने
TOP STORIES

ला जुडो हुने

मङ्लबार, बैशाख २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In