माघ २३, काठमाडौं । केही महिनादेखि बढिरहेकाे सुन केही दिनयता अस्थिर भइरहेकाे छ ।
नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लाग्न थालेको छ । हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबर पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















