६ पुस, काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।
जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरे ।
त्यसअघि लामिछानेलाई बनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेलबाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछाने विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भएका हुन ।















