काठमाडौँ। देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले नयाँ पुस्ताको इन्टरनेट प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ (Wi-Fi 6) सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा कम्पनीले उक्त प्रविधिको औपचारिक घोषणा गर्दै नेपालमा तीव्र र भरपर्दो इन्टरनेटको नयाँ युग सुरु भएको जनाएको छ।
कम्पनीका अनुसार, ‘वर्ल्डलिंक सिक्सजी’ले नेपाली प्रयोगकर्ता र व्यवसायका लागि इन्टरनेट प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्याउनेछ। भविष्यमुखी प्रविधिका रूपमा प्रस्तुत यो प्रणालीले हाल प्रयोगमा रहेको वाई–फाई फाइभ (Wi-Fi 5) भन्दा करिब ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट (Throughput) प्रदान गर्ने बताइएको छ।















