कात्तिक १४, बालकोट, भक्तपुर। पश्चिमी वायुको प्रभाव र वंगालको खाँडीमा उत्पन्न भएको मोन्था चक्रबातको असरले गर्दा बालकोट क्षेत्रमा बिहीबार बिहानेदेखी वर्षा जारी रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझबाट मोन्था चक्रवातको असरले बागमती प्रदेशमा मध्यम वर्षा हुने जनाएको छ । त्यसैगरी मधेस र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
मोन्था चक्रवातको असर बागमती प्रदेशमा शनिबार बिहानदेखी कम हुदै जाने र मौसममा सुधार हुने शाखाले जनाएको छ ।
बालकोटका वडा नं २, ३, ४ लगायतका स्थानमा धान काट्ने बेलामा परेको पानीले कृषकलाई धान भित्त्राउन समस्या भएको छ ।
बालकोटका कृषक हरेराम श्रेष्ठ भन्छन् “धान काटेर गहँ लगायत हिँउदे बाली लगाउने बेलामा पानीले असर गर्यो, अब केही दिन खेत सुक्न लाग्छ धान छर्न ढिला हुने भयो। “
मौसम पूर्वानुमान महाशाखाले केहीदिन कृषिसम्बन्धी गतिविधि नगर्न कृषकहरुलाइ आग्रह गरेको छ ।
 
			 
                                 
		    






 
							







