Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन

Sambridinews by Sambridinews
शनिबार, अशोज २५, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
बिपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक / गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । 

शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

You might also like

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

जनताको आवज नै सरकारको मार्गदर्शन

आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । 

शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए । 

कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । 

“ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भने। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । 

मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा समेत करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताए ।

बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो । 

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सुचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए। घिसिङले रातको समयमासमेत काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । 

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । 

Related

Previous Post

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

कमनवेल्थ गेम्स २०१०का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

Sambridinews

Sambridinews

Related Posts

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

by Sambridinews
आइतवार, असार २८, २०८३
कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

by Sambridinews
शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

by Sambridinews
शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
कमनवेल्थ गेम्स २०१०का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

कमनवेल्थ गेम्स २०१०का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लक्ष्मण थारूको उम्मेदवारी खारेजी

लक्ष्मण थारूको उम्मेदवारी खारेजी

मङ्लबार, अशोज २५, २०७९
नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

सोमवार, भदौ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

आइतवार, असार २८, २०८३
कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In