Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रराष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रराष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १०,नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–ICAN) र राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्र -MoU_ मा हस्ताक्षर गरेका छन् ।
आइक्यानका अध्यक्ष, सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा प्राधिकारणका तर्फबाट सदस्य (सहकारी विज्ञ), डा. रमेश चौलागाई, सदस्य, महेश खनाल र कार्यकारी निर्देशक, डा. शेषनारायण पौडेल उपस्थित हुनुहुन्थ्यो । आइक्यानका तर्फबाट उपाध्यक्ष, सिए आनन्द राज शर्मा वाग्ले, कार्यकारी निर्देशक, सिए विमल डंगोल, प्रशासन निर्देशक, विनोदप्रसाद न्यौपाने, प्राविधिक निर्देशक, सिए किरणकुमार खत्री र उपनिर्देशक, सिए सन्तोष विष्टको सहभागी हुनुहुन्थ्यो ।
सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप सहकारीहरूको नियामकीय र सुपरिवेक्षयकीय संयन्त्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो । यो सहकार्यले प्राधिकरणमा नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट), नियामक मापदण्डको विकास, अनुगमन र सुपरिवेक्षणको लागि प्राविधिक सहयोग र नेपाली वित्तीय प्रतिवेदन मानक -NFRS_, NFRS for SMEs, NAS for MEs र अन्य वित्तीय मानकहरु लागू गर्र्ने लगायतका क्षेत्रहरु समेट्नेछ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) को लागि रोस्टर तयार गर्न प्राधिकरण र आइक्यानबीच समन्वय कायम गर्ने, प्राधिकरणको नियामकीय परीक्षण प्रभावकारी बनाउन विभिन्न मापदण्ड, विनियम, मार्गदर्शन आदि तर्जुमा गर्न संस्थाले सहयोग गर्ने र सहकारी संस्थाहरुको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने सम्बन्धमा सहकार्य गर्ने यस समझदारीपत्रका प्रमुख उद्देश्यहरू रहेका छन् ।
सो अवसरमा प्राधिकरणका अध्यक्षले यो सहकार्यले सहकारी क्षेत्रको सुरक्षा गर्ने प्राधिकरणको क्षमतालाई बलियो बनाउने र सदस्य र निक्षेपकर्ताको हितको रक्षा गर्ने कुरामा जोड दिनु भएको छ । उनले अर्थतन्त्रमा वित्तीय स्थिरता कायम राख्न सहकारीको प्रभावकारी नियमन महत्त्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै, आइक्यानका अध्यक्षले सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न, तथा सहकारी ऐनमा तोकिए बमोजिम नियामकीय परीक्षण (पुडेन्सियल अडिट) गर्न रोस्टर तयार गर्न सहयोग गर्न, लेखापरीक्षण र वित्तीय प्रतिवेदन मापदण्डहरूमा आफ्नो प्राविधिक विशेषज्ञता योगदान गर्न आइक्यान प्रतिबद्ध रहेको बताउनुभयो । उनले यो साझेदारी नेपालको अर्थतन्त्रमा सुशासन र वित्तीय अनुशासनलाई प्रवर्धर्न गर्ने आक्यानको भूमिकासँग गाँसिएको पनि उल्लेख गर्नुभयो ।
यो समझदारीपत्रलाई दुवै संस्थाको निम्ति महत्त्वपूर्ण मानिएको छ । यसले नेपालको वित्तीय प्रणाली र आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने, सहकारी क्षेत्रमा विद्यमान रहेको अनिमियता कम गर्दै विश्वास बढाउनु र संस्थाका सदस्यहरुको पेशागत व्यवसायको क्षत्र अझै फराकिलो हुने अपेक्षा गरिएको छ ।

You might also like

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

Related

Previous Post

ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

Next Post

एमसिए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता

Sambridinews

Sambridinews

Related Posts

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

by Sambridinews
शुक्रबार, असार १९, २०८३
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु
TOP STORIES

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

by Sambridinews
शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

by Sambridinews
शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

by Sambridinews
शुक्रबार, असार १९, २०८३
Next Post
एमसिए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता

एमसिए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

माैसम सामान्यतया सफा रहने

बुधबार, फाल्गुन ३०, २०८०
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु
TOP STORIES

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

शुक्रबार, असार १९, २०८३
सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In