Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
in TOP STORIES, जीवन शैली, शिक्षा, समाचार
0
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका पोखरेल दोस्रो कथासंग्रह लिएर पाठकमाझ आउनुभएको हो । उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ ।

२०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो !’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रम भन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।

महाकाव्यकार खेमनाथ दाहालका शब्दमा, ‘यस संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् । हास्य-व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गर्नुभएको छ । विशेषतः ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई लेखकले आफ्ना कथामा सूक्ष्म तरिकाले उतार्नु भएको छ ।’

कथामा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव ढंगले प्रस्तुत गरिएको छ । यसले नेपाली गाउँ–परिवेशलाई मात्र होइन, बदलिँदो समाजका विभिन्न रूपलाई चित्रित गरेको देखिन्छ । कथामा सरल तर प्रभावकारी भाषा, वर्णनशैली र शिल्पगत परिपक्वता पाइन्छ, जसले पाठकलाई सहजै आकर्षित गर्ने महाकाव्यकार दाहालको भनाइ छ ।

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी मूल्यांकन सुधी पाठकवर्गकै जिम्मेवारी हो’, स्रष्टा पोख्रेल भन्नुहुन्छ । लेखकले समाजमा देखिएका सुख–दुःख, संवेदना र विसंगतिलाई यस संग्रहमा उतार्नु भएको छ ।

नेपाली कथासाहित्यमा पछिल्ला दशकमा शहरी परिवेशलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू बढी देखिएका बेला ‘एक रातको बास’ ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथा लिएर आएको छ । यसले नेपाली जीवन-यथार्थलाई प्रष्ट देखाउनमात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि प्रदान गरेको छ । यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोतमात्र नभएर समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण रहेको कृतिका सम्पादक कृष्ण भुसाल बताउनुहुन्छ । ‘पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर कथालाई आत्मसात गर्न प्रेरित गर्ने क्षमता यसमा छ’, उहाँको भनाइ छ ।

लेखनाथ पोखरेलको ‘एक रातको बास’ नेपाली कथासाहित्यमा सशक्त उपस्थिति हो । यसमा समावेश कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्ने उपन्यसकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बताउनुहुन्छ । सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यो कृति पठनीय रहेको उहाँको भनाइ छ ।

निरन्तर सिर्जनशील यात्रामा अग्रसर पोखरेलको यो कृति नेपाली कथासाहित्यमा थप योगदान स्वरूप आएको छ भन्नेमा साहित्यिक वृतमा सर्वसम्मति देखिन्छ । मोबाइल किताब प्रा.लि.ले डिजाइन तथा छपाइ गरेको यो पुस्तक कलात्मक आवरणसहित प्रकाशित गरिएको छ । यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

Related

Previous Post

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

Next Post

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको सजाय गर्न माग

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको सजाय गर्न माग

आइतवार, बैशाख ३१, २०८०
एसियन प्यासिफिक करातेमा नेपालले जित्यो ९ पदक

एसियन प्यासिफिक करातेमा नेपालले जित्यो ९ पदक

शनिबार, मंसिर १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In