Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

Sambridinews by Sambridinews
शनिबार, साउन ४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

रमेश कुमार बोहोरा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन थालिसकेको छ । यो सन्दर्भमा सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग लक्षित कर्जा, वित्तीय विवरण प्रकाशनको समयसीमा पुनर्तालिकीकरण सुविधा जस्ता थुप्रै क्षेत्रमा गम्भीर कार्यगत सुधारको संकेत गरिएको छ ।

राष्ट्र बैंकले साउन १ गतेदेखि सेयर धितोमा राखेर पाउने कर्जाको सीमा बढाएको छ । अबदेखि सेयर धितोमा राखी लिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको सीमा अधिकतम २५ करोड रुपैयाँ तोकिएको छ । यसअघि यो सीमा १५ करोड रुपैयाँ थियो । यसले पूँजी बजारमा सकारात्मक प्रभाव पारेको छ । जसका प्रमाण स्वरूप सेयर बजारमा तीन दिनसम्म उच्च अंकको वृद्धिको देखिएको छ ।

यद्यपि यो सीमा मार्जिन कर्जाका लागि मात्र लागु हुने जनाइएको छ ।  अन्य प्रयोजनका लागि सेयर धितो राखी लिने कर्जामा भने सीमा कायम गरिएको छैन । यसले साना तथा खुद्रा लगानीकर्तादेखि लिएर ठूला संस्थागत लगानीकर्तासम्मका लागि कर्जा प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ । संस्थागत ऋणीका लागि कुनै सीमा नराखिएकाले यस्तो नीतिले संस्थागत लगानीलाई प्रोत्साहित गर्ने सम्भावना छ ।

यसका अतिरिक्त राष्ट्र बैंकले पहिलोपटक घर किन्ने व्यक्तिहरूका लागि पनि ठूला सहुलियत ल्याएको छ । हालसम्म ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियो बढाएर ८० प्रतिशत पुर्‍याइएको छ । यो कर्जा अधिकतम ३ करोड रुपैयाँसम्म लिन सकिनेछ । यस्तो सुविधा लिँदा कर्जा लिने व्यक्तिले पहिलोपटक घर किनिरहेको प्रमाणित गर्नु पर्नेछ भने घरको आकार अधिकतम ३ हजार वर्गफिटसम्म हुनुपर्ने छ । यसले पहिलोपटक घर किन्न चाहने मध्यम वर्गका लागि ठूलो राहत प्रदान गरेको छ ।

घर भाडाबाट हुने आम्दानीलाई आम्दानी स्रोतको रूपमा देखाउन नमिल्ने व्यवस्था, कर्जाको ब्याजदर बढ्दा मासिक किस्ता बढ्न नदिने प्रावधान तथा घरको मूल्यांकनको आधारमा कर्जा प्रवाह गर्ने जस्ता निर्देशिका संशोधनले कर्जाको गुणस्तर, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न खोजिएको देखिन्छ ।

रियल स्टेट क्षेत्रको कर्जामा पनि सुधार ल्याइएको छ । हालसम्म ६० प्रतिशत कायम गरिएको रियलस्टेट कर्जाको लोन टु भ्यालु रेसियो अब ७० प्रतिशतसम्म पुग्न सक्ने व्यवस्था गरिएको छ तर यो विशेषतः घर निर्माण व्यवसाय कम्पनी तथा सरकारले स्वीकृत परियोजनामा मात्रै लागू हुनेछ । यसले नियमनबिना भइरहेको आवास विकासमा अंकुश लगाउने र व्यवस्थित विकासको मार्ग खुलाउने सम्भावना देखिएको छ ।

यसका साथै राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशनसम्बन्धी समयसीमा पनि संशोधन गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले त्रैमासिक विवरण त्रैमास सकिएको १५ दिनभित्र र चौथो त्रैमासको विवरण साउन ३० गतेभित्र प्रकाशन गर्न सक्नेछन् । पहिले यो समयसीमा क्रमशः ७ र २१ दिन रहेको थियो । यो लचिलो व्यवस्था वित्तीय संस्थाहरूका लागि रिपोर्टिङको सहजता र कार्यसञ्चालनमा लचीलोपन ल्याउने दिशामा गरिएको सुधार मानिन्छ ।

युवावर्ग लक्षित कर्जामा पनि यस वर्षको मौद्रिक नीतिले ठूला परिवर्तन ल्याएको छ । विशेषतः वैदेशिक रोजगारका लागि जाने युवाहरूलाई लक्षित गर्दै पुरुषलाई ३ लाख र महिलालाई ५ लाख रुपैयाँसम्मको कर्जा धितोबिना उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । पहिले यो सीमा १ लाख ५० हजार रुपैयाँ मात्र थियो । राष्ट्र बैंकको परिपत्र अनुसार अब यस्तो कर्जा ‘विपन्न वर्ग कर्जा’ मा गणना गर्न सकिनेछ । यसले युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने दिशामा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

जाजरकोट, रुकुम लगायत कात्तिक २०८० को भूकम्प प्रभावित क्षेत्रका ऋणीहरूका लागि राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक कर्जा, आवासीय कर्जा र अन्य व्यक्तिगत कर्जामा यस्तो सुविधा लागू हुने उल्लेख गरिएको छ । ऋणीको अनुरोधमा कर्जा पुनर्तालिकीकरण गर्न पाउने यो सुविधा सन् २०२५ अक्टोबर १६ (२०८२ असोज मसान्त) भित्रमा सम्पन्न गर्नुपर्नेछ ।

कर्जा पुनर्संरचनाका लागि ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कम्तीमा १० प्रतिशत ब्याज असुल गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै पुनर्तालिकीकरण वा पुनर्संरचनाको अवस्थामा पनि कर्जालाई पुरानै वर्गीकरणमा राख्नुपर्ने प्रावधानले वित्तीय अनुशासन कायम राख्ने प्रयास गरिएको देखिन्छ ।

यी सबै निर्णयहरू सैद्धान्तिक मात्र नभइ कार्यान्वयनमा ल्याइएको अवस्था देख्दा यो वर्षको मौद्रिक नीति व्यवहारिक पनि बन्न खोजेको देखिन्छ । विशेषतः गभर्नर विश्वनाथ पौडेलको कार्यकालमा मौद्रिक नीतिले सेयर बजार, आवास क्षेत्र, युवा लक्षित कर्जा, विपद् प्रभावित क्षेत्रका ऋणीहरू लगायत सबै पक्षलाई सम्बोधन गर्ने बहुआयामिक दृष्टिकोण लिएको पाइन्छ ।

 यो नीतिले अपेक्षित परिणाम दिन सक्षम छ वा छैन भन्ने कुराको मूल्यांकन नीति कार्यान्वयनको गहिराइ, बैंक तथा वित्तीय संस्थाहरूको जिम्मेवारीबोध र सरकारी समन्वयको प्रभावकारितामा निर्भर रहनेछ । कर्जाको असुली दर, बैंकिङ क्षेत्रको तरलता अवस्था, व्याजदरको सन्तुलन र क्रेडिट ग्रोथका सूचकहरू निकट भविष्यमै यसको प्रभाव मापन गर्न सहयोगी हुनेछन् ।

यसरी हेर्दा २०८२/०८३ को मौद्रिक नीतिको कार्यान्वयनले केवल आर्थिक सूचकमा सुधार ल्याउने मात्र होइन सामाजिक आर्थिक रूपान्तरणको दिशामा पनि अग्रसर गराउने आशा गरिएको छ । नीति बहुआयामिक छ अब यसको प्रभावकारिता त्यसको निष्पादन क्षमतामा निर्भर रहनेछ । प्रेस तथा सार्वजनिक निगरानीद्वारा यसको प्रभाव निरन्तर मूल्याङ्कन हुन आवश्यक छ ताकि नीति र व्यवहारको खाडल झनै साँघुरो बनाइयोस् ।

(लेखक :– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

Related

Previous Post

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

Next Post

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिन्धुलीमा भएकाे बोलेराे दुर्घटनामा २ जनाको मृत्यु

बिहिबार, साउन ३१, २०८१
राष्ट्रिय परिचयपत्रको दुःख

राष्ट्रिय परिचयपत्रको दुःख

मङ्लबार, असार १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In