असार २४, काठमाडौं । आज (मंगलवार) विहान चीन तिरबाट आएकाे भिषण बाढीले रसुवा जिल्लाकाे रसुवागढी स्थित नेपाल- चीन जाेड्ने मितेरीपुल बगाएकाे छ । यसले नेपाल- चीन बीचकाे प्रमुख ब्यापारीक नाका विच्छेद भएकाे छ ।
बाढीका कारण चेकजाँचका लागि राखिएका धेरै कन्टेनरहरू र नयाँ इभि गाडिहरू बगाएका छन् । १११ मेगावाटकाे रसुवा गढी जलविद्युत आयाेजनाकाे ड्याममा क्षति भएपछि विद्युत उत्पादन बन्द भएकाे छ ।
अहिलेसम्म मानविय क्षतिकाे खबर आएकाे छैन । बाढीमा फसेका सुरक्षाकर्मीकाे उद्धार गरिएकाे छ । बाढीमा केही कामदार र कन्टेनरका स्टाफहरू फसेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।