Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

Sambridinews by Sambridinews
मङ्लबार, असार २४, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २३ असार, नेपालको मौलिक कला, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै नयाँ पुस्तामा राष्ट्रिय भावना र जनचेतना अभिवृद्धि गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक कदम चाल्दै एकैसाथ दुईवटा म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ। प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का प्रदेशगत विजेता सातवटै गीतलाई औपचारिक रूपमा आज सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमध्ये दुईवटा गीतको म्युजिक भिडियो र बाँकी पाँचवटा गीतको अडियो रेकर्ड मात्र सार्वजनिक गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

कार्यक्रममा शिक्षा र चेतनाका लागि सन्देश दिने उद्देश्यले तयार गरिएको ‘तीते तीते’ बोलको म्युजिक भिडियोलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। यस गीतमा अभि लामाको निर्देशन, प्रकाश सापकोटाको शब्द, महेश खड्काको संगीत र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। भिडियोलाई जीवन्त बनाउन अभिनेतृ बिना रावत र अभिनेता अलि तामाङको दमदार अभिनय प्रस्तुत गरिएको छ। गीतले शिक्षामा सुधार र चेतना विस्तारका लागि समाजमा सशक्त प्रभाव पार्ने अपेक्षा गरिएको छ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

त्यस्तै अर्को विशेष भिडियो ‘लहबीरे’ पूर्वी पहाड ओखलढुंगाको बायुङ, थुलुङ र वाम्बुले समुदायमा प्रचलित लोपोन्मुख लहबीरे भाकामा आधारित छ। यो गीतले लोपोन्मुख सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै पहिचान संरक्षणमा ऐतिहासिक योगदान दिने विश्वास गरिएको छ। गीतमा लाहाङ सुब्बाले संगीत संयोजन गरेका छन् भने कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको आवाज सुन्न पाइन्छ। भिडियोलाई अभि लामाले नै निर्देशन गरेका हुन्।

यति मात्र होइन, सातै प्रदेशका मौलिक भाकालाई समेट्दै प्रतियोगिताबाट छानिएका अन्य पाँचवटा गीतको अडियो पनि सार्वजनिक गरिएको छ। कोशी प्रदेशतर्फ तेजकुमार राईको शब्द, महेश खड्काको संगीत र सन्दीप पनेरु तथा प्रिया पोखरेल पनेरुको स्वर रहेको गीतले पूर्वी पहाडको संस्कृतिलाई उजागर गरेको छ। मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत, प्रल्हाद तिमल्सिना र मनिषा सुनारको स्वर रहेको गीत सार्वजनिक गरिएको छ, जसले तराईको जीवनशैली र सांस्कृतिक विविधतालाई चित्रण गरेको छ।

बागमती प्रदेशतर्फ सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीतले काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहरलाई सजीव बनाएको छ। लुम्बिनी प्रदेशबाट वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर रहेको गीतले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सन्देश बोकेको छ।

गण्डकी प्रदेशतर्फ बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहको स्वर रहेको गीतले हिमाली क्षेत्रको सांस्कृतिक बहुलतालाई समेटेको छ। कर्णाली प्रदेशको गीतमा क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत र मिलन खपाङ्गी तथा मिना चौधरीको स्वर छ, जसले सुदूर र विकट कर्णालीको जीवन र उत्साहलाई झल्काएको छ।

सुदूरपश्चिम प्रदेशको धीरन नाथको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीतले सुदूरपश्चिमको मौलिकता र जनभावनालाई उजागर गरेको छ। यी सबै गीतहरू नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा कुलपति निशा शर्मा पोखरेलले सम्बोधन गर्दै राष्ट्रियता, सांस्कृतिक संरक्षण र सामाजिक चेतना फैलाउन गीत, संगीत र म्युजिक भिडियोलाई अझ प्रभावकारी माध्यम बनाउने प्रयासस्वरूप यो परियोजना अघि बढाइएको बताइन्। उनले आधुनिकतासँगै मौलिकता हराउँदै गएको अवस्थामा गीतसंगीतको माध्यमबाट नेपालीपनको पुनःस्थापना र जगेर्ना गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, कार्यक्रममा संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले बढ्दो विदेशी सांस्कृतिक प्रभावबीच मौलिक नेपाली कला र संस्कृति बचाइराख्न सबै क्षेत्रका सरोकारवालालाई एकजुट भएर काम गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रमले नेपाली सांगीतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले सातै प्रदेशका गीतहरूको भिडियो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सार्वजनिक भएका दुई भिडियोमा जस्तै अन्य गीतहरू पनि दृश्यात्मक रूपमा उतार्ने योजना रहेको बताउँदै समग्रमा नेपाली संगीतमा नयाँ लहर ल्याउने प्रयास जारी रहेको जानकारी दिइन्।

कार्यक्रममा सार्वजनिक भएका गीत र भिडियोका निर्देशक, गीतकार, संगीतकार र गायक(गायिकालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसले नेपाली सांगीतिक क्षेत्रका सिर्जनशील प्रतिभाहरूलाई हौसला थपेको सहभागीहरूको भनाइ छ।

नक्सालस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति र भिडियो प्रिमियरमार्फत सांस्कृतिक माहोल बनेको थियो। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, पत्रकार, विद्यार्थी, सांगीतिक संस्था तथा संघ(संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो।

यस्तै सहभागीहरूले प्रज्ञा प्रतिष्ठानले विभिन्न प्रदेशका मौलिक भाकालाई उजागर गरी लोपोन्मुख सांगीतिक धरोहरलाई संरक्षित गर्न थालेको प्रयासलाई ऐतिहासिक भने। नेपाली सांगीतिक इतिहासमा पहिलो पटक एकैसाथ सात प्रदेशका मौलिक गीतलाई व्यावसायिक र प्राज्ञिक रूपमा सार्वजनिक गर्नु आफैँमा उदाहरणीय उपलब्धि भएको उनीहरूको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले प्रज्ञा प्रतिष्ठानले संस्कृति संरक्षणमा गरेको प्रयासको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका थिए। उनले कला र संस्कृति क्षेत्रको विकासले राष्ट्रिय पहिचानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता आयोजनालाई नियमितता दिनुपर्ने बताए।

Related

Previous Post

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

Next Post

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रोहितकुमार पौडेल नेपाली क्रिकेट टिमकाे कप्तान नियुक्त

रोहितकुमार पौडेल नेपाली क्रिकेट टिमकाे कप्तान नियुक्त

शनिबार, कार्तिक २६, २०७९
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

बुधबार राति पहाडी भेगमा वर्षा हुने सम्भावना

बुधबार, कार्तिक २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In