Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

Sambridinews by Sambridinews
बुधबार, असार ४, २०८२
in TOP STORIES, अर्थ, राजनीति, समाचार
0
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रमेश कुमार बोहोरा

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ?

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा मौद्रिक नीति कुनै अमूर्त दस्तावेज होइन । यो वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण, ब्याजदर व्यवस्थापन, रोजगारी सिर्जना र समग्र लगानी वातावरणलाई प्रभाव पार्ने नीतिगत औजार हो । तर हालसम्मको अभ्यासले मौद्रिक नीतिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

विनिमय दर भारतीय रुपैयाँसँग स्थिर (पेग) भएको अवस्थामा नेपालले स्वतन्त्र मौद्रिक नीति सञ्चालन गर्न सक्दैन । यो संरचना परिवर्तन नगरेसम्म मौद्रिक नीतिको कक्षा सीमित नै रहनेछ । आर्थिक संरचना पनि असन्तुलित छ आयात अत्यधिक, निर्यात कमजोर र विदेशी मुद्राको प्रमुख स्रोत रेमिटेन्समाथि निर्भरता रहेको अवस्थामा मौद्रिक नीति बनाउने स्पेस साँघुरो देखिन्छ ।

अहिलेको विश्व अर्थतन्त्र नै अनिश्चितता र सुस्तताले ग्रसित छ । सन् २०२५ को आरम्भमै विश्व बैंकले विश्व आर्थिक वृद्धिको दर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ जुन पछिल्लो दशकको सबैभन्दा न्यून हो । अमेरिका, युरोप, चीन, भारतजस्ता राष्ट्रहरू आन्तरिक उपभोगलाई बलियो बनाउँदै मौद्रिक नीतिमा लचिलोपन देखाइरहेका छन् । त्यहीँ नेपालमा भने मौद्रिक नीति अझै संरचनात्मक अस्पष्टता, कार्यान्वयनको शिथिलता र नियामक कमजोरीको बन्दीजस्तो देखिन्छ ।

नेपालका वाणिज्य बैंकहरूसँग अहिले पनि करिब ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको तरलता उपलब्ध छ । तर कर्जाको माग खासै देखिँदैन । सन् २०२४ को अन्त्यतिर बैंकहरूले घोषणा गरेका नयाँ योजनाहरूमा लगानीकर्ताको रुचि झिनो रह्यो । ब्याजदर केही कम हुँदा पनि व्यवसायीहरू उत्साहित देखिएनन् । राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता, कर प्रणालीमा जटिलता र बजारको विश्वास संकट यसका मूल कारण हुन् ।

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा (Working Capital Loan) व्यवस्थामा सुधार ल्याउने संकेत दिएको छ । तर बैंकहरू अझै कर्जामा कठोर शर्तहरू राखिरहेका छन् । व्यवसायीहरूले चालु पूँजीका लागि अनावश्यक दस्तावेज, धितो र जटिल प्रक्रिया भोग्नुपर्ने अवस्था छ । जसले गर्दा वित्तीय पहुँचमा सीमितता देखिन्छ । यस्तो अवस्थामा मौद्रिक नीतिले स्पष्ट, सरल र व्यावसायिक अनुकूल वातावरण सिर्जना गर्ने खालको प्रावधान ल्याउनैपर्छ ।

डिजिटल बैंकिङको क्षेत्रमा भने केही सम्भावना देखिएका छन् । राष्ट्र बैंकले डिजिटल बैंकको लाइसेन्स दिने तयारी गर्दैछ । सन् २०२५ को अन्त्यसम्म तीनवटा डिजिटल बैंकको प्रारम्भिक अनुमति दिने संकेत देखिएको छ । तर त्यसका लागि कानुनी संरचना, साइबर सुरक्षा, ग्रामीण पहुँच र वित्तीय साक्षरता अभिवृद्धि अनिवार्य शर्त हुन् । नगदरहित कारोबार प्रवर्द्धनका लागि स्मार्ट पे नेपाल, क्यूआर प्रणाली, मोबाइल वालेट आदिको प्रयोगमा केही वृद्धि देखिए तापनि तिनीहरूको प्रभाव ग्रामीण र असङ्गठित क्षेत्रमा अझै कमजोर छ ।

नयाँ गभर्नर डा. विश्वनाथ पौडेल पदभार सम्हालेपछि मौद्रिक नीति प्रति आशा जगिएको छ । तर यथार्थ कठोर छ राष्ट्र बैंक अगाडि पाँचवटा प्रमुख चुनौती छन् । पहिलो नेपाललाई एफएटिएफको ग्रे लिस्टमा जान नदिन प्रणालीगत सुधार गर्नु । दोस्रो निष्क्रिय पूँजीलाई उत्पादनमा रूपान्तरण गर्ने खालको नीति ल्याउनु । तेस्रो बैंकिङ प्रणालीमा ब्याजदर स्थायित्व ल्याउने यथार्थपरक उपाय अवलम्बन गर्नु । चौथो अर्थ मन्त्रालयसँग समन्वय गरी नीति स्पष्टता कायम गर्नु । र पाँचौं निजी क्षेत्र र आम नागरिकको विश्वास पुनःस्थापना गर्नु ।

विगत केही वर्षयता सरकारको पुँजीगत खर्च २० प्रतिशतभन्दा तल झरेको छ । बजेटको ठूलो हिस्सा तलब, भत्ता र प्रशासनिक खर्चमा खर्चिने प्रवृत्तिले विकास बजेट सङ्कुचित भएको छ । निर्माण व्यवसायीलाई भुक्तानी नदिने सरकारी ढिलासुस्तीले निजी क्षेत्र खस्केको छ । जसको प्रत्यक्ष असर कर्जा प्रवाह र आर्थिक गतिशीलतामा परेको छ ।

सहकारी क्षेत्रमा देखिएको अनियमितता पनि समग्र वित्तीय प्रणालीमा खतरा बनेको छ । बीउँ पुँजीका रूपमा परिचालित हुनुपर्ने निक्षेप रकम सहकारी सञ्चालकहरूद्वारा दुरुपयोग भएको, निक्षेपकर्तालाई फसाइएको र नियमनकारी संयन्त्र कमजोर रहेको यथार्थले वित्तीय प्रणालीमै विश्वासको संकट निम्त्याएको छ ।

बीमा, सेयर बजार, रियलस्टेटजस्ता क्षेत्रहरूमा देखिएको निरन्तर मन्दीले औपचारिकसँगै अनौपचारिक बजारमा समेत नकारात्मक संकेत पुर्‍याएको छ । लगानीकर्तामा अब पैसाको अभाव होइन विश्वासको अभाव देखिन्छ । जुन मौद्रिक मात्र नभई समग्र आर्थिक योजनाको त्रुटिपूर्ण स्वरूपको परिणाम हो ।

आजको आवश्यकता ब्याजदर र कर्जामा सीमित मौद्रिक नीति होइन । उत्पादन, रोजगारी, निर्यात प्रवर्द्धन र वित्तीय समावेशीतालाई केन्द्रमा राख्ने समन्वयात्मक, पारदर्शी र समावेशी मौद्रिक नीति हो । बैंकिङ प्रणालीको नियमन पारदर्शी बनाउनु राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु र निगरानी संयन्त्रलाई सक्रिय बनाउनु अब अपरिहार्य भएको छ ।

डिजिटल बैंकिङको सम्भावनासँगै जोखिम पनि छन् । साइबर सुरक्षाको जोखिम, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, जनताको वित्तीय बुझाइ र प्रयोग व्यवहारलाई नहेरी लिइने नीति अल्पकालीन आकर्षण त बन्न सक्छ तर दीर्घकालीन समस्या निम्त्याउन सक्छ । डिजिटल रुपान्तरणका लागि पूर्वाधार, शिक्षा र व्यवहारको तयारी सुनिश्चित हुनु अनिवार्य छ ।

अन्ततः मौद्रिक नीति अब कुनै बन्द कोठाको प्रविधिक दस्तावेज बन्नु हुँदैन । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, निजी क्षेत्र, कर प्रशासन र आम नागरिकको सरोकार समेट्ने समन्वयात्मक दृष्टिकोण अपरिहार्य छ । मुद्रास्फीति नियन्त्रण, उत्पादन वृद्धिमा प्रेरणा, कर्जा पहुँचमा सुधार, बैंकिङ प्रणालीमा विश्वास र वित्तीय अनुशासनका पक्षमा स्पष्ट दिशा नदिएसम्म मौद्रिक नीति केवल ‘संकेतपत्र’ मात्र हुनेछ ।

राष्ट्र बैंकले अब आफूलाई केवल नियामकको भूमिकामा सीमित राख्नु हुँदैन । नवगठित नेतृत्वले यसपटकको मौद्रिक नीतिलाई केवल बैंकहरूका लागि निर्देशात्मक मापदण्ड बनाउने नभई अर्थतन्त्र पुनर्जीवन गर्ने योजनात्मक दस्तावेज बनाउने हिम्मत देखाउनुपर्छ। नत्र मौद्रिक नीतिको आलोचना फेरि पनि यथावत् रहनेछ ।

(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

Related

Previous Post

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

Next Post

एकल कातामा एलिनालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
एकल कातामा एलिनालाई स्वर्ण

एकल कातामा एलिनालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रूपमा बिजुली उत्पादन सुरू

बुधबार, पुस १०, २०८१
दक्षिण एसियाली करातेको पहिलो दिन नेपाललाई १२ स्वर्ण

दक्षिण एसियाली करातेको पहिलो दिन नेपाललाई १२ स्वर्ण

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In