Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा

Sambridinews by Sambridinews
मङ्लबार, असार ३, २०८२
in राजनीति, विचार
0
संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा एक चतुर नेताका रुपमा चिनिन्छन जसले उनिहरुकै भाषामा दशवर्षे जनयुद्धको नेतृत्व गरेर २ सय ३८ वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको स्थापना गर्न सफल भए । २०५२ साल फागुन १ गतेबाट जनयुद्धको थालनी गरेका प्रचण्ड विभिन्न छद्म नाम मार्फत कहिले कल्याण कहिले निर्माण त कहिले विश्वास हुदै २०४९ पछि प्रचण्ड’मा रोकिएका छन् ।

१० वर्ष लामो जनयुद्ध २०६३ सालमा सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर पछि माओवादी केन्द्र विधिवत रुपमा मुलधारको राजनीति र उनिहरुकै दलाल संसदीय व्यवस्थामा अवतरण गरेको थियो ।
२०६५ सालमा संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य गरी धर्म निरपेक्षसहितको संघीय लोकतान्त्रि गणतन्त्रको प्रधानमन्त्री बनेसँगै प्रचण्ड त्यसपछि पनि पटकपटक देशको प्रधानमन्त्री बन्न सफल भए ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

२०५२ साल माघ २१ गते तत्कालीन जनमोर्चा नेपालको अध्यक्षको हैसियतमा डा.बाबुराम भट्टराईले तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ४० बुँदे मागमा प्रमुख माग राजसंस्थाको अन्त्य गर्ने बाहेक कुन कुन मागहरू आफै सत्ताको बागडोर समातेपछि पुरा गरे ?
लामो समयदेखि (२०४३ सालको असफल सेक्टर काण्ड) नेकपा माओवादी केन्द्रको अध्यक्ष रहेर नेपालको कम्युनिस्ट आन्दोलनलाई पुँजीवादी दलाल संसदीय व्यवस्थाको झुन्डमा रुपान्तरण गर्नु बाहेक प्रचण्डले अन्य जनपक्षीय उपलब्धि के गरे त ?

माक्र्सवाद लेनिनवादको विकसित एउटा रुप हो माओवाद । जुन चीनका कम्युनिस्ट नेता माओत्सेतुङको विचार र अभ्यासमा आधारित छ । जसले ८० हजार जनसेनाको साथ लङमार्च गर्दे ग्रामीण क्षेत्रबाट सहर घेराउ गर्ने दीर्घकालीन जनयुद्धको थालनी गरे।
माओले विदेशीको दलाल चाङकाइसेकलाई भगाएर सत्ता कब्जा गर्ने र किसान तथा मजदुर सर्वहारा वर्गको भुमिकालाई जोड दिएका थिए । यताका माओ विचारकले २६ डिसेम्बरलाई जन्मदिन मनाउनु बाहेक उनको आचरणलाई समेत अनुसरण गरेको पाइदैन ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र नेकपा एमाले जस्तै मुलधारको पुँजीवादी भ्रष्ट संसदीय राजनीति आएपछि प्रचण्डपथ र माओवादको सैद्धान्तिक विचलन हुनुका साथै व्यवहारमा माक्सवाद अन्त्य भइसेको छ ।

यस विषयमा पार्टी संगठनभित्र र बाहिर पनि पुष्पकमल दाहालको आलोचना हुने गरेको छ । केहीले त वर्तमान नेकपा माओवादी केन्द्रलाई विकृत बुर्जुवा दलाल पुँजीवादी संसदीय व्यवस्थाको एउटा दरिलो पाले समेत भन्न भ्याएका छन।
माओ विचार भनेको चिनियाँ कम्युनिस्ट क्रान्तिका नेता माओत्सेतुङले प्रतिपादन गरेको राजनीतिक र सैन्य विचारधारा हो । यसलाई माक्र्सवाद लेनिनवाद र माओविचार पनि भनिन्छ । कार्ल माक्र्सले औधोगिक मजदुर वर्गलाई क्रान्तिको मुख्य शक्ति मानेका थिए । माओले चीनजस्ता कृषिप्रधान मुलुकहरूलाई क्रान्तिको मुख्य आधार माने । उनले ग्रामीण क्षेत्रबाट सहर घेर्ने रणनीतिको वकालत गरेका छन ।

माओले सत्तामा पुगेपछि पनि क्रान्तिका उपलब्धिहरुलाई कायम राख्न र पार्टीभित्रका संशोधनवादी तत्वलाई हटाउन सन १९६५ मा साँस्कृतिक क्रान्तिको अवधारणा ल्याए । (भलै त्यसको पछि व्यापक आलोचना भयो) समाजवाद स्थापना पछि पनि माओले वर्ग संघर्ष समाप्त नहुने र त्यसलाई निरन्तर जारी राख्नु पर्ने आफ्ना विचारहरु माओले पार्टीभित्र र बाहिर राख्दै आए ।

माओ विचारले वाहिरी सहयोगभन्दा आफ्नै स्रोत र साधन परिचालन गरेर आत्मनिर्भर बन्नु पर्ने र जनताको शक्तिलाई संगठित गर्नुपर्नेमा उनका जोड थियोे । तर पुष्पकमल दाहालले पनि नेकपा एमालेकै राजनीति कित्तामा उभिएर चुनावबाट समाजवाद आउने रटान दोहोराउन छोडेका छैनन्।
नेकपा एमालेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा सन १९९१ मा बर्लिन पर्खाल ढलेको र सोभियत संघको समाजवादी संघ मक्किएको समयमा तत्कालीन महासचिव मदनकुमार भण्डारीद्धारा प्रतिपादित एउटा राजनीतिक दस्तावेजलाई पार्टीको सातौ महाधिवेशनले सिद्धान्तको रुपमा ग्रहण गरेको हो ।

मदनकुमार भण्डारीको विचार जस्तै चिलिका वामपंथी नेता तथा राष्ट्रपति साल्भाडोर एलेन्डेले भन्ने गर्दथे, जनताद्धारा अनुमोदित भएर जनताको भरमा सत्तामा पुगेपछि समाजवादी कार्यक्रम लागू गर्न सकिन्छ । सशस्त्र संघर्ष अनिवार्य छैन भन्ने उनको तर्क थियोे । त्यसैले कतिपय इतिहासकारले उनलाई चिलिको माक्र्सवादी गान्धी भनेर पनि चित्रण गरेका छन।
उनको आदर्शले भरिभराउ सपनामाथि अमेरिकी साम्राज्यवाद र चिलीको प्रतिक्रियावादीले आकाश जमिन र सामुद्रिक सेनाहरुले राष्ट्रपति भवन घेरेर नरसंहार मच्चाउँदा अन्तमा राष्ट्रपति एलेन्डेलाई आफ्ना मित्र क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोले उपहार दिएको बन्दुक चलाएर विद्रोही तानाशाही अगष्तो पिनोचेले चलाएको गोली लागेर सधैंका लागि अस्ताए । त्यस घटनामा २५ हजार कम्युनिस्ट नेता कार्यकर्ता समेत मारिएका थिए ।

नेपालका मुख्य कम्युनिस्ट पार्टीहरु एमाले र माओवादीलाई एउटा कुरा ज्ञान होस । दलाल संसदीय व्यवस्थाको अल्पमत र बहुमतीय आधारमा प्रतिक्रियावादी संसदीय व्यवस्था ढालेर समाजवादी कार्यक्रम लागू गर्न कदापि सकिदैन भन्ने चिलीको इतिहासले बैज्ञानिक शिक्षा दिएको छ । त्यसका अतिरिक्त यो दर्दनाक र पाशविक घटनाले चिलिको कम्युनिस्ट आन्दोलनलाई नराम्ररी क्षति पु¥यायो ।
दलाल संसदीय व्यवस्थाबाट देशमा रहेका तमाम गरिबीको रेखामुनि बसेका जनताको गाँसबास कपास स्वास्थ्य शिक्षा लगायतका लागि गर्नुपर्ने आवश्यक तयारी गर्न सकिन्न भन्ने ३५ बर्षको संसदीय अभ्यासले देखाइ सकेको छ ।

नेपालमा सर्वहारा वर्ग पुँजीवादी समाजको सबैभन्दा प्रगतिशील वर्ग हो । यो वर्ग उत्पादनका साधनहरुबाट सधै बञ्चित रहेको छ । हरप्रकारको शोषण अत्याचार अन्त्यका लागि कम्युनिस्ट दललाई दृढ संघर्षको रुपमा सहयोग र अपेक्षा गरिरहेको हुन्छ । पार्टीका केही दलालहरुको चुगुलमा परेर यतिबेला नेपालको कम्युनिस्ट आन्दोलन बिस्तारै बिस्तारै रक्षात्मक अवस्थामा पुग्ने वातावरण पुष्पकमल दाहाल र खड्गप्रसाद शर्मा ओलीको बाहुलीबाट हुदैछ ।

Related

Previous Post

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

Next Post

एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निताप्रति श्रद्धाञ्जली

निताप्रति श्रद्धाञ्जली

सोमवार, पुस १६, २०८०
गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

बुधबार, जेष्ठ १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In