Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली
0
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा क्षति पु¥याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ । 

विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो । करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोड्को हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौंँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ ।

गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको हो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । हाल बर्षायात्रम सुरु भैसकेकाले उक्त राजमार्गले कति ठूलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन । काभ्रेपलाञ्चोक तर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएको छ ।

null

गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ । यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो । सडक विभागले तयारी पनि गरेको छ, तर वर्षाले काम सुरु गर्न मुस्किल बनाइरहेको छ । सडक विभागको अध्ययन प्रतिवेदनअनुसार अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु १० अर्ब लाग्नेछ । त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, जहाँ नयाँ ट्रयाक बनाउनुपर्ने देखिन्छ । भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले बीपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन् । बीपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाधरुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन् । बेलाबखत प्रहरीले जाँच गरे पनि नियमिति रुपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा ट्रिपर व्यवसायीले उठाउँदै आएका छन् । सङ्गठित रुपमा ट्रिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बीपी राजमार्गको संरचनालाई जोखिममा पारिहरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बीपी राजमार्गमा साना–ठूला गरी दैनिक तीन हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रो बस बढी सञ्चालन हुने गरेका छन् ।

nullयसैबीच गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले विपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको सडकलाई चारखण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएपछि सकारात्मक देखिएको कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ ।
 
काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेंसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनीयर सुमन योगेशले जानकारी दिए । उनका अनुसार बिपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चित भएको छ । त्यस बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि रु एक अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ । 

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जाइकासँग छलफल भएअनुसार जाइकाले स्थलगत अध्ययन गरिरहेकाले यस सडकखण्ड पुनःनिर्माणका लागि जापान सरकार करिब तयार जस्तै देखिएको इन्जिनीयर योगेशले बताए । “यस सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले यस खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,” उनले भने । 

यस सडकखण्डका साना साना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उहाँको भनाइ छ । उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताउनुभयो । यस्तै क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । 

हाल बीपी राजमार्गको यस सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ । योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उहाँको भनाइ छ । “वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउने लगायतको अस्थायी काम सक्नेछौँ”, उनले भने । 
    
यसैबीच बीपी राजमार्गको डालाबेसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ । सरकारले चार वटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो । सडक विभागका इन्जिनीयर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुङ्गो भने लागेको छैन । यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो । 

जाइकाले अध्ययन गरेपनि क्षतिग्रस्त सडकखढड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीन खण्डको ठेक्का आह्वान गरिसकेको हो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौंँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । 

Related

Previous Post

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

Next Post

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

आइतवार, भदौ ३१, २०८०
नारी दिवसमा स्क्वाट

नारी दिवसमा स्क्वाट

शनिबार, फाल्गुन १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In