Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली
0
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ।

सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’

त्रिभुवन विमानस्थलका केही कर्मचारीहरू यात्रुहरूको पहिचान गर्न ‘कोड वर्ड’ प्रणालीको प्रयोग गरिरहेका छन्। महिलाहरूका लागि ‘एल’ र पुरुषहरूका लागि ‘एस’ कोड राखिएको छ। यही संकेतका आधारमा भिजिट भिसामा विदेश जान लागेका यात्रुहरूलाई छुट्याइने र तिनबाट मनलाग्दी रकम असुल्ने गरिएको छ। प्रहरी अनुसन्धान अनुसार एक जना महिलाबाट ४० हजार र एक जना पुरुषबाट २० हजार रुपैयाँसम्म असुलिएको भेटिएको छ।

यी कोड वर्डहरूले सञ्जालका सदस्यहरूलाई यात्रु को हो भन्ने जानकारी सजिलै गराउँछ। महिला यात्रुलाई यूएई हुँदै कुवेत पुर्‍याइन्छ, जहाँ उनीहरूलाई घरेलु कामदार बनाइन्छ र श्रम शोषण गरिन्छ। यी महिलाहरूको अवस्था निकै दयनीय हुने गरेको छ। मानव बेचबिखन ब्युरोको अनुसन्धान अनुसार पछिल्लो समय भिजिट भिसामा विदेश गएका ४७ महिला अझै नेपाल फर्किएका छैनन्।

मानव तस्करीको पुनरावृत्ति

यसअघि पनि अध्यागमन कार्यालयका केही कर्मचारीहरूले बिचौलियासँग मिलेर नेपाली नागरिकहरूलाई अवैध रूपमा विदेश पठाउने काम गरेका थिए। २०८० मंसिरमा अध्यागमन अधिकृत नरबिर खड्कासहित ९ जनाविरुद्ध फर्जी कागजात बनाएर भिजिट भिसा जारी गराएको आरोपमा मुद्दा दायर गरिएको थियो।

आरोपितमध्ये विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोसमेत रहेका थिए। उनीहरूले सफाइ पाएपछि फेरि विमानस्थलमै कार्यरत छन्। प्रहरी अनुसन्धान अनुसार उनीहरूले गैरकानुनी रूपमा आर्थिक लाभ उठाएको प्रमाण भेटिएको थियो।

अध्यागमन विभागसँग ट्र्याकिङ प्रणाली छैन

नेपाल सरकारको अध्यागमन विभागसँग विदेश जाने यात्रुहरूको एकीकृत तथ्यांक त छ, तर उनीहरू फर्किए कि फर्किएनन् भन्ने व्यक्तिगत विवरण ट्र्याक गर्ने प्रणाली छैन। सूचना अधिकारी टीकाराम ढकालका अनुसार सन् २०२४ मा भ्रमण र तीर्थयात्राका लागि विदेश गएका पुरुषहरूको संख्या १ लाख ५९ हजार ४३ र महिलाको संख्या १ लाख १५ हजार ३५६ रहेको छ।

तर तिनमध्ये फर्किएका यात्रुहरूको ठोस विवरण हालसम्म उपलब्ध छैन। “हामीसँग फर्किनेहरूको संख्यागत विवरण त छ, तर व्यक्तिगत ट्र्याकिङ गर्ने प्रणाली छैन,” ढकाल भन्छन्। यस्तो अवस्थामा यात्रुहरू विदेशमा अलपत्र परे पनि राज्यलाई थाहा नहुने अवस्था सिर्जना भएको छ।

६ बुँदे निर्देशनको प्रभावहीनता

गृहमन्त्रालयको निर्णय अनुसार २०८० माघ १० गतेदेखि लागु गरिएको ६ बुँदे निर्देशन भिजिट भिसाको दुरुपयोग रोक्न पर्याप्त देखिएको थिएन। यस निर्देशन अनुसार विदेश जान लागेकाहरूले दुईतर्फी टिकट र ५ सय अमेरिकी डलर बराबरको सटही छाप अनिवार्य रुपमा पेस गर्नुपर्ने थियो।

तर बिचौलिया र कर्मचारीको मिलेमतोमा यात्रुहरूबाट एकतर्फी टिकट लिइन्छ र फर्जी डलर सटहीको छाप लगाइन्छ। यसरी उनीहरूलाई यात्रा अनुमति दिइन्छ। विमानस्थलमा कार्यरत कर्मचारीका अनुसार “नियम कागजमा मात्र सीमित छ। वास्तविकतामा सेटिङकै भरमा यात्रुहरू विदेश जान पाउँछन्।”

निगरानी हटाइयो, सेटिङ मौलायो

विगतमा मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरीहरू त्रिभुवन विमानस्थलमा खटाइएका थिए। उनीहरूले यात्रुहरूको कागजात परीक्षण गर्ने, शंकास्पद गतिविधिको निगरानी गर्ने जिम्मेवारी पाएका थिए। तर हाल ती प्रहरीहरूलाई विमानस्थल प्रमुखकै सक्रियतामा हटाइएको छ।

निगरानी कमजोर भएसँगै बिचौलिया र कर्मचारीको मनोबल बढेको छ। सुरक्षामा संलग्न अन्य निकायहरू पनि समन्वयविहीन देखिन्छन्। विमानस्थलमा १२८ जना अध्यागमन अधिकृत कार्यरत छन्, जसमा केही अधिकृतहरू अवैध सेटिङमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

प्रविधिको कमी र कानुनी कमजोरी

विश्लेषकहरूका अनुसार समस्याको मूल जरा प्रविधिको कमी र कानुनी कार्यान्वयनमा कमजोरी हो। अध्यागमन विभागसँग एकीकृत डिजिटल प्रणाली नहुनु, कर्मचारीहरूको नियमित मूल्याङ्कन नहुनु, र स्वतन्त्र निगरानी टोलीको अभावले मानव तस्करीका गतिविधिलाई मलजल दिएको छ।

यदि तत्कालै अध्यागमन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकिएन भने भिजिट भिसाको आडमा हुने मानव तस्करी अझ भयावह बन्ला भन्ने चिन्ता व्यक्त गरिएको छ।

Related

Previous Post

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

Next Post

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२
राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

सोमवार, कार्तिक १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In