भक्तपुर । शनिबार साझ भक्तपुरको बालकोटमा जिप दुर्घटना भएको छ । चारदोबाटोबाट बालकोटतर्फ जादै गरेको बागमती प्रदेश ०३१च ५१३७ नम्बरको टाटा ईभी दुर्घटनामा परी चालक सामान्य घाइते भएका छन् ।
तिब्र गतिमा रहेको जिप नियन्त्रण गुमाउदा सडकबाट तल खसेको प्रत्यक्षदर्शीले बताए। बालकोटस्थित रोजभिलेज नजिकै दुर्घटनाग्रस्ट सवारी साधनमा चालक मात्र रहेको र उनललाइ उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले बताएको छ ।
चालकको अवस्था खतरामुक्त रहेकोे र परिचय नखुलेको प्रहरीले जनाएको छ ।