वेस्टर्न रिजन अन्तरकलेज स्पोर्ट्स मिटको बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन बनेका छन् । ग्रिनफिल्डले ब्वाइज तथा जेसिसले गल्र्सको उपाधि जिते ।
वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लुलाई ५८–२१ ले पराजित ग¥यो । ग्रिनफिल्डका युनिक गुरुङले १५ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा जेसिसले समृद्धिलाई १०–७ ले हरायो । जेसिसकी विप्रिशा श्रेष्ठले ६ अंक जाडिन् ।
ब्वाइज फुटसलमा मनास्लु पहिलो र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसीसीएस) दोश्रो भए । टग अफ वारको ब्वाइजमा नेपाल काष्ठमण्डप कलेज विजेता तथा केसीसीएस उपविजेता बने । गल्र्समा समृद्धिले एडमार्कलाई पाखा लगाउदै उपाधि हात पा¥यो ।
भलिबलको ब्वाइजमा ग्रिनफिल्डले स्वर्ण तथा मनास्लुले रजत प्राप्त गरे । गल्र्समा पनि ग्रिनफिल्ड पहिलो भयो । एडमार्क दोश्रो स्थानमा रह्यो । विजेतालाई काठमाडौं भ्याली कलेजका अध्यक्ष एवं हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, हिसान काठमाडौंकी अध्यक्ष एवं अरुणोदयकी प्रिन्सिपल जेसिका चेम्जोङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: