Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

Sambridinews by Sambridinews
बुधबार, माघ ९, २०८१
in FEATURED, TOP STORIES
0
हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

Horizontal photo of female hands holding fresh green beans with vegetable garden in background

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको हरियो सिमीमा खान अयोग्य हुने रसायन भेटिएपछि ‘होल्ड’ गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरेर ‘र्‍यापिड रेसपोन्स टिम’ मार्फत अनुगमन गर्दा हरियो सिमीको एउटा नमुनामा खान अयोग्य रसायन फेला परेको हो ।

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

चितवनका एक तरकारी व्यवसायीले उत्पादन गरेको ११४ केजी हरियो सिमीमा ४२ प्रतिशतसम्म ‘इन्जाइम इन्हिबिसन’ पाइएको जनाइएकाे छ । उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइनमा होल्ड गर्न लगाएर पुनः परीक्षण पश्चात मात्रै बजारमा पठाइने छ ।

खाद्य सुरक्षाको मापदण्ड बमोजिम इन्जाइम इन्हिबिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिसन भएकोलाई क्वारेन्टाइनमा होल्ड गरी पुनः परीक्षण गरिने र ४५ प्रतिशतभन्दा बढी आएमा नष्ट गरिने प्रावधान रहेको उनले बताए ।

२२ थरीका तरकारीको नमुना परीक्षण

विभागको टोलीले कालीमाटी बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषबारे मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म अनुगमन र परीक्षण गरेको थियो ।

टोलीले ढुवानी गरिने साधनबाट नै नमूना संकलन गरेका थियो । अनुमगनको क्रममा आलु, प्याज, गोलभेँडा, काउली, बन्दा, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायोसाग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोडी, चम्सुर, भेन्टा, गाजर, हरियो सिमी,  सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलहरूका १५० वटा नमुना परीक्षण गरेको थियो ।

अनुगमनका क्रममा १०८ गाडीमा ल्याइएका तरकारी तथा फलफूलको स्याम्पल लिएर नमुना परीक्षण गरिएको विभागले जनाएको छ ।

फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाबाट तथा एक वटा गाडी भारतबाट समेत आएको विभागले जनाएको छ ।

Related

Previous Post

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना

Next Post

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

शनिबार, माघ २७, २०८०
पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड पुन : अवरुद्ध

बर्षाका कारण काठमाडौं प्रवेश गर्ने राजमार्गहरु अवरुद्ध

मङ्लबार, साउन २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In