Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भैँसेपाटी हनी-ट्रयाप प्रकरणमा एसपी थापामाथि अनुसन्धान गर्न निर्देशन

Sambridinews by Sambridinews
सोमवार, मंसिर १०, २०८१
in TOP STORIES
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाै । प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिएको छ। बहालवाला एसपी थापाकै पूरा ठेगाना नखुलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई जोगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

तर उनको संलग्नता देखिएको भन्दै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीलाई आइतबार निर्देशन दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रवक्ता सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले चार जनामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको बताए। 

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

ताज इस्लामले बयानका क्रममा प्रहरी उपरीक्षक कमल थापा, भगवती थापा, अनिसा कार्की र खुसी रसाइलीको समेत संलग्नता खुलाएका थिए। घटनाका मुख्य योजनाकार समेत रहेका इस्लाम र प्रहरी निरीक्षक बिनुकुमारी शाहीको एसपी थापा मार्फत नै चिनजान भएको खुलेको थियो। 

जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्दा एसपी थापाको संलग्नता देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आगोगबाट समेत फिर्ता बोलाएको थियो। तर प्रहरी नै संलग्न रहेको यो घटना ललितपुर जिल्ला प्रहरी परिसरबाट अनुसन्धान हुन नदिन आरोपित शाहीले गृह मन्त्रालयले निवेदन दिएकी थिइन्। आरोपितको निवेदनपछि प्रहरी प्रधान कार्यालयले बाँकी अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएको थियो। 

सीआईबीले एसपी थापालाई झिकाएर बयान कागज गराएको थियो। तर इस्लामले उनको समेत संलग्नता रहेको खुलाएको भए पनि सीआईबीले उनलाई प्रतिवादी नबनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सरकारी वकिल कार्यालयले भने उनलाई प्रतिवादी बनाउन पर्ने निष्कर्षसहित थप अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो। 

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग दायर गरेको छ। 

यीमध्ये चारजना मात्रै पक्राउ परेका छन्। प्रहरी निरीक्षक शाही र दर्शन पोखरेल फरार छन्। पक्राउ परेका भीमादेवी थापा, सुस्मा विश्वकर्मा, महेन्द्र हमाल र ताजमुल भन्ने ताजमुल इस्लामलाई पनि प्रतिवादी बनाइएको छ। सहायक हवल्दार हमाल इन्सपेक्टर शाहीका सवारी चालक समेत हुन्।  

उनीहरुलाई संगठित अपराध र आपराधिक लाभको कसुरमा अभियोग दायर गरिएको हो। उनीहरुबाट बरामद गरिएका सामग्री र खातामा भएको रकम रोक्का राखी पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। प्रतिवादीहरुबाट २० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजीवन महतोले बताए।  

अहिले वतन नखुलेका भनिएका चारजना र बाँकी कसैको संलग्नता खुलेमा पूरक अभियोग पेस गरिने पनि अभियोग पत्रमा उल्लेख छ। घटनामा एकजना विदेशीको पनि संलग्नता खुल्ने ह्वाट्सएपमा म्यासेज फेला परेको उल्लेख छ। 

उनीहरुले एक व्यवसायीलाई सुनसरी बोलाएर विभिन्न ठाउँ घुमेको र काठमाडौँ फर्किएपछि बलात्कारको मुद्दा लगाइदिने भन्दै रकम बार्गेनिङ गरेको खुलेको थियो। व्यवसायीसँग ३० लाख रुपैयाँमा डिल भएको थियो। व्यवसायीलाई रकम नदिए बलात्कारको मुद्दा चलाइदिने कुरामा भैँसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीको समेत मिलेमतो देखिएको हो। 

भीमादेवीको खातामा व्यवसायीले रकम जम्मा गरिदिएका थिए। ३० लाखमा सहमति भए पनि २० लाख रुपैयाँ मात्रै बुझाइसकेको प्रहरीको निष्कर्ष छ। रकम जम्मा गर्न जाँदा समेत प्रहरीको संलग्नता देखिएको छ।

यस्तै उनीहरुको बयानबाट पनि यसको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ। व्यवसायीलाई हनी ट्रयापमा फसाउन लागेको घटना सार्वजनिक भएपछि शाहीलाई जिम्मेवारी मुक्त गरेर छानबिन गरिएको थियो। उनको संलग्नता देखिएको निष्कर्षसहित समितिले निलम्बन गरेर अनुसन्धान गर्न सिफारिस गरेको थियो। 

निलम्बित भएर अनुसन्धान अगाडि बढेपछि शाही भने फरार भएकी थिइन्। उनलाई सीआईबीले समेत पक्राउ गर्न सकेन र फरार भन्दै मुद्दा बुझाएको थियो। 

Related

Previous Post

साइबर अपराधको कसूरमा पक्राउ परेका  मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना

Next Post

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरूसंग छलफल गर्दै

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरूसंग छलफल गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

केपी ओलीको सेल्फी

केपी ओलीको सेल्फी

बुधबार, चैत्र १५, २०७९
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ

आइतवार, असार ३१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In