काठमाडौं । असोज ११ र १२ गते परेको अबिरल वर्षाले अवरुद्ध भएको वीपी राजर्माग आज (सोमबार) साँझदेखि सञ्चालनमा आउने भएको छ ।
नवमीका दिनमा खुलेको डाइभर्सन सुख्खा पहिरोले अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार वीपी राजमार्ग अन्तरगत वर्षे खोला खण्डको ८ किमि सडक बाडिले पूर्ण रुपमा बगाएको जनाएको छ ।
चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म पूर्णरुपमा सञ्चालन हुने जनाएको छ ।
उक्त सडक खण्डमा सुख्खा पहिरोको सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न समेत आग्रह गरेको छ ।