Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पतित दलाल पुँजीवाद

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १४, २०८१
in विचार
0
पतित दलाल पुँजीवाद
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

साम्राज्यवादमा पतन भएको पुँजीवाद दलाल पुँजीवाद हो । अन्य देशको पुँजीलाई राष्ट्रिय पुँजी हुननदिएर आफ्नो माताहतमा ल्याईएको पुँजी दलाल पुँजी हो । त्यसलाई मान्यता दिने राज्यव्यवस्था दलाल पुँजिवादी राज्यव्यवस्था हो ।

त्यस्तो नीति स्वीकार्ने राजनीतिक दल दलाल पुँजीवादी दल हुन् र ती दलसँग आबद्ध नेता–कार्यकर्ताहरू दलाल हुन् । साम्राज्यवादले ती सबैको हितरक्षा र पालनपोषण गरेको हुन्छ ।
अहिले यसले भुमण्डलीकृत रुप लिएको छ र अनेक रुपहरू बनाएको छ । विस्तारवाद यसको सहयोगी रुप हो । यसले सामन्तवादको पनि संरक्षण गर्न थालेको छ । भाडाका बौद्धिक जमात जम्मा पारेर साम्राज्यवादले वैधानिकता र ओैचित्यता देखाउने दुस्प्रयास गरेको हुन्छ ।

You might also like

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

साम्राज्यवाद पटकपटक संकटमा पर्दै आइरहेको छ र संकटहरू टार्दै झन् ठूला संकटहरू निम्त्याउँदै आइरहेको छ । यसको साथमा यसले विश्वमा झन्झन् समस्याहरू र संकटहरू पनि निम्त्याईरहेको छ । पछिल्लो चरणमा दलाल पुँजीलाई उधारो व्यवस्था र ऋणको निर्वाध सप्लाई व्यवस्था मिलाएर तत्कालको समस्या टार्ने र पछि त्यो कमजोर देशहरूको भार बनाईदिने गरेको छ । ती देशहरूका गरिबी र अभावमा साम्राज्यवादका संकटहरू अभिव्यक्त हुनेगरेका छन् ।

यो विश्वका श्रमजिवी जनतासँग दुस्मनी साँधिरहेको छ । साम्राज्यवादले दलाल पुँजी सुरक्षित राख्ने भरपर्दो व्यवस्था गरेको छ । त्यो सहजै सुरक्षित र उपयोगी ठाउँमा स्थानान्तरण हुनसक्ने व्यवस्था गरेको छ । कुनै पनि देशका बिद्रोहीले कब्जा गर्नुअघि नै उक्त पुँजी सुरक्षित स्थानान्तरण भैसकेको हुन्छ । त्यसैले अहिलेको क्रान्ति वा बिद्रोहमा पुँजी कब्जा गरेर समाजवादको आधार बनाउन सकिँदैन ।

अहिलेको समयमा विश्वका जुनसुकै देशमा पनि क्रान्ति सम्पन्न गर्नुको मतलव हुन्छ– जनवादी व्यवस्थाको स्थापना । अहिलेको विश्वमा समाजवादी क्रान्ति भन्ने हावादारि कुरा मात्र हो । समाजवादी क्रान्तिको कुरालाई अहिलेको साम्राज्यवादले ठूलो समस्याको रुपमा लिंदैन किनकि त्यो सम्भव हुँदैन भन्ने उसले बुझेको छ । नयाँ जनवादी करान्तिको नीति भएका जुनसुकै देशका जुनसुकै दललाई उसले खतर्णाक बुझ्छ र कमजोर पार्ने अनेक तरिका अपनाउने गर्दछ । जोसुकैले यो नाङ्गो आँखाले देख्नसक्छ ।

आफू ठिक छु भन्ने पुष्टि गर्नै नसक्ने साम्राज्यवादले बिकल्पमा आएको नयाँ जनवादलाई असम्भव बताइरहेको छ । यसरी भ्रम सृजना गरेर मात्र यो अस्तित्वमा रहनसक्ने भएकाले अहिलेको विश्व साम्राज्यवादी भ्रम र आक्रमणले आक्रान्त बनेको छ ।
अहिले साम्राज्यवादले आफ्नो अस्तित्व रक्षाको लागि संसारको सबै पुँजीमाथिको नियन्त्रणमा पारेको छ । आफ्नो संकट टार्नका लागि यसले कुनै पनि देशको पुँजी हत्याउने गरेको छ र त्यसका लागि युद्ध थोपर्ने योजना बनाएको छ ।

यसै कारण विश्वभर क्षेत्रियस्तरका युद्धहरूको आमन्त्रण गर्नेगरेको छ । कुनै पनि देशले सम्पत्ति थुपारेपछि वा धनी भएपछि समस्याको रुपमा आउने, आफ्नो आर्थिक संकटहरू टार्दै साम्राज्यवादी रुप लिएर प्रतिस्पर्धी बन्ने र विश्वका जनताको नयाँ आशा बन्ने स्थिति नल्याउन त्यस क्षेत्रलाई असुरक्षित बनाइदिने नीति लिएको छ । ती देशहरूलाई युद्धको भुमरिमा पारेर आफ्नो काबुमा राख्नसक्ने बनाउने गरेको छ ।

हाम्रो देश पनि साम्राज्यवादबाट आक्रान्त छ । यसले अनुदान, आर्थिक सहयोग, ऋण, वाह्यसम्बन्ध, सुरक्षा, पारस्परिक हित आदिका लागि घातक खालका नीतिसहितको सर्तहरूमा पारेर हाम्रो देशलाई नवओैपनिवेशिक स्थितिमा पुर्याएको छ । उदारिकरण, भूमण्डलिकरण, निजिकरण, खुल्ला बजार आदिमा हस्ताक्षर गराएर हाम्रो देश पराधिन र परनिर्भर बन्न पुगेको छ ।

डब्लुटिओको सदस्य बनाउने नाममा प्रवेश पाएको बहुराष्ट्रिय कम्पनिहरू अर्थात साम्राज्यवादले समाज विकासमा अवरोध खडा गरेको छ । यहाँ सामन्तवाद र दलाल पुँजीवाद संसक्षित छ भने राष्ट्रिय पुँजी नष्ट भएको छ । अहिले पाखा, वारि र खेतहरू बँझिंदै गएका छन् भने बहुराष्ट्रिय कम्पनिका उत्पादनले घरका ढुकुटिहरू भरिएका छन् । देश तथ्याङ्कमा उठेको देखाएर वास्तविकतामा खोक्रो पार्दै लगिएको छ ।

जनताले यो देशमा राज्यसत्ताको वास्तविक मालिक को हुन् र उनीहरूलाई कसरी प्रहार गरेर स्वाधिन देशका स्वतन्त्र र सार्वभौम नागरिक बनाउने भनेर चिन्नै मुस्किल बनाईदिएका छन् । साम्राज्यवादले बिद्रोहको नेतृत्व गर्ने जो छ उसलाई पहिले नै ड्यामेज गरिदिने नीति बनाएको छ । त्यसैले विश्वव्यापी रुपमा नै नयाँ जनवादी क्रान्ति एउटा जटिल मोडमा पुगेको छ ।

Related

Previous Post

पाँचथरमा विष्फोटक पदार्थ विस्फोट हुँदा दुइ बालकको मृत्यु

Next Post

यो वर्षको मदन पुरस्कार कृति ‘मुकाम रणमैदान’लाइ

Sambridinews

Sambridinews

Related Posts

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
यो वर्षको मदन पुरस्कार कृति ‘मुकाम रणमैदान’लाइ

यो वर्षको मदन पुरस्कार कृति 'मुकाम रणमैदान'लाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
नेपालकै सबैभन्दा ठुलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

नेपालकै सबैभन्दा ठुलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In