- भोजराज घिमिरे
इटालीको जेनोवास्थित कोर्सिकाद्वीपको एजासियो भन्ने गाउँमा एक वकिल साहित्यप्रेमी र चतुर बाबू चाल्र्स बोनापार्ट र आमा लेटिजिया रेमोलिनोको गर्भबाट १३ जना सन्तानहरु मध्येका माइला छोराको रुपमा नेपोलियन बोनापार्टको जन्म भएको थियो ।
यिनका पुर्वजहरु इटालेली मुलका थिए । सन १७६२ मा कोर्सिका टापुमा पुगेर महान दार्शनिक रुसोले त्यहाँको एकमुठी माटो हातमा लिएर भनेका थिए ,मलाई यस्तो लाग्दछ कि, कुनै दिन यो सानो टापु कोर्सिकाले विश्वमा आश्चर्यचकित घटना घटाएर सम्पुर्ण युरोपलाई प्रभावित पार्नेछ ।
त्यतिबेला रुसो कोर्सिकाको स्वतन्त्र सङघर्षसम्बन्धी विचारमा सम्लग्न थिए। कोर्सिकाको राष्ट्रिय स्वतन्त्रता आन्दोलन असफल भएपछि सन् १७६९ मा जेनोवाबाट कोर्सिका टापुलाई फ्रान्सले खरिद गरेको थियोे ।
रोमन सम्राट जुलियस सिजरस र बाबु आमाका काव्यमय कल्पनापुर्ण प्रतिभा अभिमान अपुर्व शौर्य एवं चातुर्यको स्मरण गर्ने नेपोलियनको बाल्यकाल निकै कष्टकर परिस्थितिमा व्यतीत भएको थियोे ।
उनको बाल मस्तिष्कमा कोर्सिकाद्वीपलाई स्वतन्त्र गराउन सक्रिय रुपले लागेका देशभक्तहरुप्रतिको अमिट छाप परेको थियोे । नेपोलियन जन्मजात सैनिक गुणलेयुक्त सर्वश्रेष्ठ सेनानीको गुण लिएर जन्मिएका थिए । उनी स्वयंले भनेका छन म त्यसबेला जन्मेको थिएँ जब मेरो देश मृत्यशैयामा थियोे । ३० हजार फ्रान्सेली हाम्रो समुद्र तटमा जबर्जस्तीको सिहावसनलाई रक्तका समुन्द्रमा डुबाइरहेका थिए। यसप्रकारको घृणित रुप मेरा आँखाले देखे ।
नेपोलियनलाई उनका बाबुले सैनिक तालिम दिने विचार गरेर राजकीय छात्रवृत्ति अन्तरगत सुरुमा पेरिसस्थित सैनिक विद्यालय र पछि बृटेनको सैनिक विद्यालयमा भर्ना गरिदिएका थिए। उनलाई पढाउने एकजना शिक्षकले भनेका थिए, यो केटो ग्रेनाइटले बनेको छ, यसभित्र एउटा ज्वालामुखी छ ।
भयो पनि त्यस्तै, सन् १७९३ जनवरी २१ मा सम्राट् लुईस सोर्हाेलाई गिलोटिन मेसिनमा राखेर दुई टुक्रा पारेका फ्रान्सेली जनताले सन १८०४ मा नेपोलियन बोनापार्टलाई सत्रौं सम्राटका रुपमा स्वीकार्नु परेको थियो । युरोपको राजनीति क्षितिजमा नेपोलियन एउटा शक्तिशाली शासक भनेर उदाएका थिए । जसले १५ वर्षसम्म एक्लै युरोपलाई प्रभावित पारेर नेपोलियन युगमा बदलिदिए ।
उनले फ्रान्समा त्यति थोरै समयमा यति धेरै काम गरेर देखाए जुन काम युरोपेली इतिहासमा महत्त्वपूर्ण बन्न पुगेको छ । फ्रान्सेली क्रान्तिका महत्त्वपूर्ण सिद्धान्तहरुलाई सारा युरोपभरी फिँजाएर क्रान्तिलाई अन्तर्राष्ट्रिय क्रान्तिको रुप दिए ।
उनी यति धेरै कठोर परिश्रम गर्न सक्थे कि कहिलेकाही उनी यद्धभुमिमा जाँदा घोडाको पिठ्युँमै सुत्ने गर्दथे। समयलाई यति धेरै महत्त्व दिने र कहिले थाकेको उनुभव नदेखाउने खान खाँदा पनि १० देखि १२ मिनेटभन्दा बढी समय दिदैनथे । आफ्नो जीवनकालमा २३ हजार चिठी स्वयंले र ५० हजार अरुलाई लेखाएका थिए ।
उनको जीवनिमा विभिन्न भाषामा गरी झन्डै एकलाख पुस्तक प्रकाशन भएका मान्निछ । तर राजनीतिमा कहिलेकाहीं जित पनि हुदैन हार पनि हुन्छ । सन १८१४ मा नेपोलियनको पतनपछि २१ अप्रैल १८१४ मा लुईस सोर्हाेका भाइ लुईस अठारौंलाई सम्राट्का मान्नु परेको इतिहास फ्रान्सेली क्रान्तिमा पाईन्छ ।
फ्रान्सेली इतिहाससँगै नेपालको इतिहासलाई पनि कम आकंलन गर्नु हुदैन । नेपालको इतिहासमा आधिकारिक प्रधानमन्त्री भिमसेन थापालाई लिने गरिन्छ । उनै भिमेन थापाले सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार ( प्रधानमन्त्री ) सरह राष्ट्रिय बिभुति पनि हुन ।
राजा रणबहादुर शाहका हजुरिया भएपछि भिमसेन थापाको उदय भएको थियो । सन् १८०० मा रणबहादुर अधिकार त्याग गरेर निर्वासित जीवन बिताउन भारतको बाराणासी जाँदा भिमसेन थापा पनि सँगै गएका थिए । यसै कृतराजका कारण रणबहादुर शाहले भिमसेन थापालाई नयाँ बिस्तारि सरकारमा काजीको ( मन्त्री ) पदमा नियुक्त गरे । सन १८०६ मा रणबहादुर शाहको हत्या उनैका सौतेनी भाइ शेरबहादुर शाहद्धारा भए पश्चात् भिमसेन थापाले पनि ९३ जनाको हत्या गरेर आफू ( प्रधानमन्त्री सरह) को मुख्तियार भए ।
भिमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यवादको निकै विस्तार भएको थियोे । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि ,त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिम सतलज नदि र पुर्वमा टिस्टा नदि सम्म पुगेको थियोे ।
तर, सन १८१४ देखि सन १८१६ को अङग्रेज र नेपाल युद्धमा अङग्रेजले फसाए नेपाललाई । जसको फलस्वरूप नेपालले ४ मई सन १८१६ मा सुगौली सन्धि गरेर आफ्नो एकतिहाई जमिन इष्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको तितो इतिहास हामीहरुसँग छ ।
यस युद्धमा नेपाल पराजयको कारण काठमाडौमा सन १८२० मा बृटिश रेसिडेन्टको स्थायित्व कायम भएको हो । नेपाल अंग्रेज युद्धपछि सम्पन्न सुगौली सन्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नराम्रोसँग कालो धब्बा लगाएको थियो ।
युद्धमा नेपालपक्षको पराजय भएका कारण विजय राष्ट्रसँग नेपालले असमान र अपमानजनक सन्धिका धाराहरुमाथि मन दुखाएर हस्ताक्षर गर्नुपरेको थियोे।
सुगौली सन्धिको परिणामस्वरूप अङ्ग्रेजको पुर्व स्वीकृति लिएर नेपालले अमेरिका र युरोपेली राष्ट्रहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्नुपर्ने सिक्किमसँगको विवादमा अङग्रेजको मध्यस्थता ग्रहण गर्नुपर्ने,यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रतामा आँच पुगेको थियोे ।
नेपाललाई चीनले हेर्ने दृष्टिकोण पनि बदलिएको थियो । चीनले यो देखेर वयाङ्यत्मक शैलीमा नेपाललाई एउटा खोर्सानी रोप्ने बारीको रुपमा वयवहार गर्दथ्यो । त्यस समय गरेको सन १७९१–९२ तिरको बेत्रावति सन्धिका धाराहरु र सुगौली सन्धिका असमान धाराहरु, नेपालको स्वतन्त्रता र सार्वभौम हनन गर्ने किसिमका रहेछन् भन्ने कुराको पुष्टि दुबै राष्ट्रहरु बीच भएपछि का घटनाक्रमले गरेका छन ।
सन १८१६ मा युवा अवस्थामै राजा गीर्वाणयुद्ध बिक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएका कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाह की कान्छी ) र केही दरबारिया समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भिमसेन थापा शक्तिमै रहेका थिए । सन १८३२ मा उनको ठुलो समर्थन रानी ललित त्रिपुरा सुन्दरी को मृत्यु तथा राजेन्द्र विक्रम शाह युवा अवस्थामा पुगेपछि भिमसेन थापाको शक्ति स्थिर भएको थियोे।
पाण्डेहरु भिमसेन थापालाई दामोदर पाण्डेको सन १८०४ मा भएको हत्याको योजनाकार मान्थे । अनेक षड्यन्त्र र विरोधी दरबारियाहरुको गतिविधिका कारण भिमसेन थापा सन १८३९ मा जेल हालिए। पछि उनले जेलभित्र आत्महत्या गरे ।
उनको मृत्यु पश्चात् पनि दरबारमा आन्तरिक कलह झगडा शान्त भएन र सोको फलस्वरूप सन १८४६ मा राणाशासनको सुत्रपात जंगवहादुर राणाबाट भयो । राणाशासनको अन्त्यका लागि नेपाली जनताले १०४ कुर्नुपर्याे । तथापि नेपाली राजनीतिक तपाई हामीले सोचे अनुरुप भएको छैन । सत्ता र स्वार्थ भन्दा माथि उठ्न सकेको छैन ।