Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपोलीयन बोनापार्ट, भीमसेन थापा र नेपाल

Sambridinews by Sambridinews
आइतवार, साउन २७, २०८१
in TOP STORIES, विचार
0
नेपोलीयन बोनापार्ट, भीमसेन थापा र नेपाल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

इटालीको जेनोवास्थित कोर्सिकाद्वीपको एजासियो भन्ने गाउँमा एक वकिल साहित्यप्रेमी र चतुर बाबू चाल्र्स बोनापार्ट र आमा लेटिजिया रेमोलिनोको गर्भबाट १३ जना सन्तानहरु मध्येका माइला छोराको रुपमा नेपोलियन बोनापार्टको जन्म भएको थियो ।
यिनका पुर्वजहरु इटालेली मुलका थिए । सन १७६२ मा कोर्सिका टापुमा पुगेर महान दार्शनिक रुसोले त्यहाँको एकमुठी माटो हातमा लिएर भनेका थिए ,मलाई यस्तो लाग्दछ कि, कुनै दिन यो सानो टापु कोर्सिकाले विश्वमा आश्चर्यचकित घटना घटाएर सम्पुर्ण युरोपलाई प्रभावित पार्नेछ ।

त्यतिबेला रुसो कोर्सिकाको स्वतन्त्र सङघर्षसम्बन्धी विचारमा सम्लग्न थिए। कोर्सिकाको राष्ट्रिय स्वतन्त्रता आन्दोलन असफल भएपछि सन् १७६९ मा जेनोवाबाट कोर्सिका टापुलाई फ्रान्सले खरिद गरेको थियोे ।
रोमन सम्राट जुलियस सिजरस र बाबु आमाका काव्यमय कल्पनापुर्ण प्रतिभा अभिमान अपुर्व शौर्य एवं चातुर्यको स्मरण गर्ने नेपोलियनको बाल्यकाल निकै कष्टकर परिस्थितिमा व्यतीत भएको थियोे ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

उनको बाल मस्तिष्कमा कोर्सिकाद्वीपलाई स्वतन्त्र गराउन सक्रिय रुपले लागेका देशभक्तहरुप्रतिको अमिट छाप परेको थियोे । नेपोलियन जन्मजात सैनिक गुणलेयुक्त सर्वश्रेष्ठ सेनानीको गुण लिएर जन्मिएका थिए । उनी स्वयंले भनेका छन म त्यसबेला जन्मेको थिएँ जब मेरो देश मृत्यशैयामा थियोे । ३० हजार फ्रान्सेली हाम्रो समुद्र तटमा जबर्जस्तीको सिहावसनलाई रक्तका समुन्द्रमा डुबाइरहेका थिए। यसप्रकारको घृणित रुप मेरा आँखाले देखे ।

नेपोलियनलाई उनका बाबुले सैनिक तालिम दिने विचार गरेर राजकीय छात्रवृत्ति अन्तरगत सुरुमा पेरिसस्थित सैनिक विद्यालय र पछि बृटेनको सैनिक विद्यालयमा भर्ना गरिदिएका थिए। उनलाई पढाउने एकजना शिक्षकले भनेका थिए, यो केटो ग्रेनाइटले बनेको छ, यसभित्र एउटा ज्वालामुखी छ ।

भयो पनि त्यस्तै, सन् १७९३ जनवरी २१ मा सम्राट् लुईस सोर्हाेलाई गिलोटिन मेसिनमा राखेर दुई टुक्रा पारेका फ्रान्सेली जनताले सन १८०४ मा नेपोलियन बोनापार्टलाई सत्रौं सम्राटका रुपमा स्वीकार्नु परेको थियो । युरोपको राजनीति क्षितिजमा नेपोलियन एउटा शक्तिशाली शासक भनेर उदाएका थिए । जसले १५ वर्षसम्म एक्लै युरोपलाई प्रभावित पारेर नेपोलियन युगमा बदलिदिए ।

उनले फ्रान्समा त्यति थोरै समयमा यति धेरै काम गरेर देखाए जुन काम युरोपेली इतिहासमा महत्त्वपूर्ण बन्न पुगेको छ । फ्रान्सेली क्रान्तिका महत्त्वपूर्ण सिद्धान्तहरुलाई सारा युरोपभरी फिँजाएर क्रान्तिलाई अन्तर्राष्ट्रिय क्रान्तिको रुप दिए ।

उनी यति धेरै कठोर परिश्रम गर्न सक्थे कि कहिलेकाही उनी यद्धभुमिमा जाँदा घोडाको पिठ्युँमै सुत्ने गर्दथे। समयलाई यति धेरै महत्त्व दिने र कहिले थाकेको उनुभव नदेखाउने खान खाँदा पनि १० देखि १२ मिनेटभन्दा बढी समय दिदैनथे । आफ्नो जीवनकालमा २३ हजार चिठी स्वयंले र ५० हजार अरुलाई लेखाएका थिए ।

उनको जीवनिमा विभिन्न भाषामा गरी झन्डै एकलाख पुस्तक प्रकाशन भएका मान्निछ । तर राजनीतिमा कहिलेकाहीं जित पनि हुदैन हार पनि हुन्छ । सन १८१४ मा नेपोलियनको पतनपछि २१ अप्रैल १८१४ मा लुईस सोर्हाेका भाइ लुईस अठारौंलाई सम्राट्का मान्नु परेको इतिहास फ्रान्सेली क्रान्तिमा पाईन्छ ।

फ्रान्सेली इतिहाससँगै नेपालको इतिहासलाई पनि कम आकंलन गर्नु हुदैन । नेपालको इतिहासमा आधिकारिक प्रधानमन्त्री भिमसेन थापालाई लिने गरिन्छ । उनै भिमेन थापाले सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार ( प्रधानमन्त्री ) सरह राष्ट्रिय बिभुति पनि हुन ।

राजा रणबहादुर शाहका हजुरिया भएपछि भिमसेन थापाको उदय भएको थियो । सन् १८०० मा रणबहादुर अधिकार त्याग गरेर निर्वासित जीवन बिताउन भारतको बाराणासी जाँदा भिमसेन थापा पनि सँगै गएका थिए । यसै कृतराजका कारण रणबहादुर शाहले भिमसेन थापालाई नयाँ बिस्तारि सरकारमा काजीको ( मन्त्री ) पदमा नियुक्त गरे । सन १८०६ मा रणबहादुर शाहको हत्या उनैका सौतेनी भाइ शेरबहादुर शाहद्धारा भए पश्चात् भिमसेन थापाले पनि ९३ जनाको हत्या गरेर आफू ( प्रधानमन्त्री सरह) को मुख्तियार भए ।

भिमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यवादको निकै विस्तार भएको थियोे । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि ,त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिम सतलज नदि र पुर्वमा टिस्टा नदि सम्म पुगेको थियोे ।

तर, सन १८१४ देखि सन १८१६ को अङग्रेज र नेपाल युद्धमा अङग्रेजले फसाए नेपाललाई । जसको फलस्वरूप नेपालले ४ मई सन १८१६ मा सुगौली सन्धि गरेर आफ्नो एकतिहाई जमिन इष्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको तितो इतिहास हामीहरुसँग छ ।
यस युद्धमा नेपाल पराजयको कारण काठमाडौमा सन १८२० मा बृटिश रेसिडेन्टको स्थायित्व कायम भएको हो । नेपाल अंग्रेज युद्धपछि सम्पन्न सुगौली सन्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नराम्रोसँग कालो धब्बा लगाएको थियो ।

युद्धमा नेपालपक्षको पराजय भएका कारण विजय राष्ट्रसँग नेपालले असमान र अपमानजनक सन्धिका धाराहरुमाथि मन दुखाएर हस्ताक्षर गर्नुपरेको थियोे।

सुगौली सन्धिको परिणामस्वरूप अङ्ग्रेजको पुर्व स्वीकृति लिएर नेपालले अमेरिका र युरोपेली राष्ट्रहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्नुपर्ने सिक्किमसँगको विवादमा अङग्रेजको मध्यस्थता ग्रहण गर्नुपर्ने,यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रतामा आँच पुगेको थियोे ।

नेपाललाई चीनले हेर्ने दृष्टिकोण पनि बदलिएको थियो । चीनले यो देखेर वयाङ्यत्मक शैलीमा नेपाललाई एउटा खोर्सानी रोप्ने बारीको रुपमा वयवहार गर्दथ्यो । त्यस समय गरेको सन १७९१–९२ तिरको बेत्रावति सन्धिका धाराहरु र सुगौली सन्धिका असमान धाराहरु, नेपालको स्वतन्त्रता र सार्वभौम हनन गर्ने किसिमका रहेछन् भन्ने कुराको पुष्टि दुबै राष्ट्रहरु बीच भएपछि का घटनाक्रमले गरेका छन ।
सन १८१६ मा युवा अवस्थामै राजा गीर्वाणयुद्ध बिक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएका कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाह की कान्छी ) र केही दरबारिया समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भिमसेन थापा शक्तिमै रहेका थिए । सन १८३२ मा उनको ठुलो समर्थन रानी ललित त्रिपुरा सुन्दरी को मृत्यु तथा राजेन्द्र विक्रम शाह युवा अवस्थामा पुगेपछि भिमसेन थापाको शक्ति स्थिर भएको थियोे।

पाण्डेहरु भिमसेन थापालाई दामोदर पाण्डेको सन १८०४ मा भएको हत्याको योजनाकार मान्थे । अनेक षड्यन्त्र र विरोधी दरबारियाहरुको गतिविधिका कारण भिमसेन थापा सन १८३९ मा जेल हालिए। पछि उनले जेलभित्र आत्महत्या गरे ।

उनको मृत्यु पश्चात् पनि दरबारमा आन्तरिक कलह झगडा शान्त भएन र सोको फलस्वरूप सन १८४६ मा राणाशासनको सुत्रपात जंगवहादुर राणाबाट भयो । राणाशासनको अन्त्यका लागि नेपाली जनताले १०४ कुर्नुपर्याे । तथापि नेपाली राजनीतिक तपाई हामीले सोचे अनुरुप भएको छैन । सत्ता र स्वार्थ भन्दा माथि उठ्न सकेको छैन ।

Related

Previous Post

रहेनन गायक प्रकाश तिमिल्सिना

Next Post

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पुरुषले सुन्दर बन्न ध्यान दिनुपर्ने कुराहरू

पुरुषले सुन्दर बन्न ध्यान दिनुपर्ने कुराहरू

बुधबार, फाल्गुन २३, २०८०
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार, कार्तिक २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In