Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रपतिको दौडबाट बाहिरीए जो बाइडेन

Sambridinews by Sambridinews
सोमवार, साउन ७, २०८१
in समाचार
0
इजरायल हमास युद्धमा अमेरिकाले इजरायलका लागि युद्ध सामाग्री पठाउदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन ७, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानक पछि हटेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन् । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।

राष्ट्रपति दौडबाट पछि हटे बाइडेन

बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एक्समार्फत जारी गरेको विज्ञप्तिमा आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको उल्लेख गरेका छन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । त्यस्तै बाइडेनले कोभिड महामारी र त्यसका कारण सिर्जित आर्थिक संकटबाट मुलुकलाई बाहिर ल्याएको र लोकतन्त्रको रक्षा गरेको समेत उल्लेख गरेका छन् । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिसलाई पूर्ण रूपमा समर्थनसहित सहयोग गर्ने उल्लेख गरेका छन् ।

‘२०२० मा उपराष्ट्रपतिको उम्मेदवारमा कमला ह्यारिसलाई पार्टीका तर्फबाट छनोट गर्ने मेरो जीवनकै उत्कृष्ट निर्णय थियो, आज फेरि म उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्ण सहयोग र समर्थनसहित अनुमोदन गर्छु ।’ डेमोक्रेटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनले ह्यारिसको उम्मेदवारी अनुमोदन गर्नेछ ।

८१ वर्षीय बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् । बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि प्रश्न उठ्दै आएको थियो । उनले आफ्नो निर्णयबारे जानकारी दिन आउने साता राष्ट्रका नाममा सम्बोधन गर्नेसमेत जनाएका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो । ती चुनावी बहसपछि पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारमा विकल्प खोज्नुपर्ने माग सुरु भएको थियो ।

अमेरिकामा बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ मा लिन्डन जोनसनले पनि दोस्रो कार्यकालका लागि चुनावमा भाग लिएका थिएनन् ।

पूर्वराष्ट्रपति ट्रम्पले त बाइडेनप्रति तिखो आलोचना गर्दै आएका छन् । बाइडेनको चुनावी दौडबाट पछि हट्ने निर्णय सार्वजनिक भएलगत्तै ट्रम्पले अमेरिकी सञ्चार संस्था सीएनएनलाई प्रतिक्रिया दिँदै बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् ।

गत साता पेन्सलभेनिया राज्यमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा चोट लागेको थियो । विभिन्न सर्वेक्षणले राष्ट्रपतिको दौडमा ट्रम्पलाई बाइडेनको तुलनामा निकै अगाडि देखाएका थिए । पेन्सलभेनिया घटनापछि सर्वेक्षणहरूले ट्रम्पलाई थप बलियो देखाएका छन् ।

Related

Previous Post

प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त

Next Post

आजबाट साउने सोमबारको ब्रत शुरु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आजबाट साउने सोमबारको ब्रत शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

सोमवार, साउन १४, २०८१
हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

बिहिबार, कार्तिक १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In