असार २३, भक्तपुर । हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नि मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार गजुरेलको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको हो
उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भएको सात वर्ष भइसकेको भएपनि पछिल्लो समय पूर्वपति मनोजलाई जोडेर मीनाले विवादास्पद अभिव्यक्ति दिँदै आइरहेकी छन् ।
मनोज घरमा नभएको मौका छोपेर ताल्चा लगाउन पुगेकि मिनाको हर्तक बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीका अनुसार मीनाले मनोजकी ८५ वर्षीया आमालाई लछारपछारसमेत गरेकी थिइन ।
उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन्। त्यसैले आज केही अभियन्ता भनिने युवाहरू लिएर त्यस घरमा चाबी लगाउन पुगेकी बताइन्छ ।