Monday, June 9, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि साेमबार मनोनयन दर्ता हुँदै

Sambridinews by Sambridinews
सोमवार, पुस २३, २०८०
in FEATURED, TOP STORIES
0
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२३ पुस, काठमाडाैं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ ।

सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

You might also like

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।

यसपटक सत्ता गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै छ । त्यसैले एमालेले सबै १९ सिटकै लागि उम्मेदवारी दर्ता गराउँदैछ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

२० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिंदैछ । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् ।एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।

यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।

नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं  (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।

यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।

बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।

Related

Previous Post

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान

Next Post

प्रजातन्त्र पाटिले पृथ्वीजयन्तीका दिन शुभकामना आदानप्रदान तथा चियापान गर्ने

Sambridinews

Sambridinews

Related Posts

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
Next Post
प्रजातन्त्र पाटिले पृथ्वीजयन्तीका दिन शुभकामना आदानप्रदान तथा चियापान गर्ने

प्रजातन्त्र पाटिले पृथ्वीजयन्तीका दिन शुभकामना आदानप्रदान तथा चियापान गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल टेलिकमले अत्याधुनिक गुणस्तरीय सेवा सहित नमूना जिल्लाहरु घोषणा गर्दै

नेपाल टेलिकमको २०८०/८१ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

शनिबार, कार्तिक २५, २०८०
व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक

व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक

बिहिबार, मंसिर १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.