Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिलन शाह-शंकरको उपन्यास ‘कर्ना’ लोकार्पण

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ ७, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
मिलन शाह-शंकरको उपन्यास  ‘कर्ना’ लोकार्पण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह-शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो ।

सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह-शंकरलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताउनुभयो । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो । पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताउनुभयो । समाजमा जगडिएर रहेको जातिय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उहाँले सुनाउनुभयो । जातीय छु्वाछूत समाजको एक कंलक रहेको र यो दलितभित्र पनि रहेकाले यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पुस्तक एकदमै राम्रो रहेको बताउँदै सबैले पढन आग्रह पनि गर्नुभयो ।

मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको बताउनुभयो । उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर गर्नुभयो । प्राडा.केसीले आमा कमला फाउण्डेशनका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । सो अवसरमा पुस्तक प्रकाशन गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्ति, संघ संस्था र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मिलाप पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, चलचित्र निर्देशक विनोद सेरेङ्ग, रिमेश अधिकारी, रामशरण कोइराला, रवि कार्की, शेखर लामा, लिगेश भट्टराई, शास अधिकारी, अचुत बजागाईं, नायिका तथा गायिका सारिका घिमिरे, साहित्यकार डिआर राई, राधा भण्डारी, रमेश दाहाल, राधा दुलाल कार्की, रंगकर्मी घिमिरे युवराज, युवा उद्यमी तथा व्यवसायी, कृष्ण श्रेष्ठ, विकास लामिछाने, नायिका तथा गायिका सारिका घिमिरे, कलाकार अर्विन याक्थुम्बा, समाजसेवी हरिमाया श्रीस पुन, शुवास शंकर, ब्राभो क्याफे एण्ड बारका सञ्चालक, चन्द्र वाग्ले, स्टार्ट टु टेलका फाउण्डर जयस रमण दाहाल, किताब यात्राका फाउण्डर ऋषिराम अधिकारी, सिइओ विकेश भट्टराई, गफ फ्याक्ट्रीका सञ्चालक दिपेश लामिछाने, श्रीकार्य विनायक प्रिन्ट्रिङ प्रेसका सञ्चालक दिलिप केसी, संगम नेपाल, पिताम्बर काफ्ले, वरिष्ठ पत्रकार सानु श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, स्वस्तिका चिलवाल, राम चौधरी, सुरेन्द्र थापा, मोहमद जलिमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

Related

Previous Post

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

Next Post

इरानका राष्ट्रपति र विदेशमन्त्री लगायतको हेलिकोप्टर दुर्घटनामा निधन

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
इरानका राष्ट्रपति र विदेशमन्त्री लगायतको हेलिकोप्टर दुर्घटनामा निधन

इरानका राष्ट्रपति र विदेशमन्त्री लगायतको हेलिकोप्टर दुर्घटनामा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये २५ जनालाइ थुनामा पठाउन आदेश

६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये २५ जनालाइ थुनामा पठाउन आदेश

शुक्रबार, अशोज १९, २०८०
चौंथो उपत्यका व्यापी कराँतेको उपाधी लुभु डोजोलाई

चौंथो उपत्यका व्यापी कराँतेको उपाधी लुभु डोजोलाई

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In