Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

व्यापारीले आलु र प्याजको बिक्री ठप्प

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २१, २०८०
in FEATURED, TOP STORIES
0
व्यापारीले आलु र प्याजको बिक्री ठप्प
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । तीन दिनअघिबाट आपूर्ति परिमाण कटौती गरिरहेका व्यवसायीहरूले बुधबार भने पूरै रोकेको आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने अव्यावहारिक निर्णय कार्यान्वयन गर्न दबाब दिएकाले बिक्री नै रोक्नुपरेको बताए ।

चालू आर्थिक बर्ष ०८०/८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गरेको संघका महासचिव गजुरेलले बताए । ‘भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइन्छ । र, सोहीअनुसार हामीले बिक्री गर्दा पनि भ्याट बिल जारी गर्न समस्या छैन,’ उनले भने, ‘तर, नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल पाइने कुरा भएन । त्यस्तो आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न सम्भव हुँदैन ।’

नेपाली आलु संकलन केन्द्रहरूबाट सामान्य रसिदका आधारमा आलु र प्याज किन्ने गरेको उनले बताए । बिक्री गर्दा मात्र भ्याट बिल जारी गर्नुपर्दा व्यवसायीको आम्दानी धेरै देखिन्छ । जसकारण भ्याट र आयकर धेरै तिर्नुपर्ने बाध्यतामा पर्न सक्छन् । ‘अर्कातिर किलोमै ६–७ रुपैयाँ महँगोमा बेच्नुपर्ने हुन्छ । महँगोमा बेच्नुपर्ने कारण देखाउन नसक्दा भोलिका दिनमा अप्ठ्यारोमा पर्न सकिन्छ भने मूल्यवृद्धिका कारण बिक्रीदरसमेत घट्न सक्छ,’ उनले भने ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी करनीति तर्जुमा भएकाले कहीँकतै अप्ठ्यारो नपर्ने बताए । ‘सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी नीति बनाइरहेको छ । त्यसैले कोही अत्तालिनुपर्ने अवस्था छैन,’ उनले भने ।आलु–प्याज व्यवसायी गजुरेलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ, तर बुधबार भने बिक्री ठप्प पारिएको छ । ‘राज्यको नीतिले अप्ठ्यारो पर्ने भएपछि व्यवसाय नै नगर्ने निष्कर्षमा पुगेका हौँ,’ उनले भने ।

(नयाँ पत्रित्रका अनलाइन बाट साभार )

Related

Previous Post

विराटनगरमा बधबार भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं

Next Post

कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

बिहिबार, कार्तिक २, २०८०
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

चोलेन्द्रशमशेर विरुद्ध महाभियोगको प्रतिवेदन पेश गर्न सर्वोच्च अदालतकाे आदेश

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In