Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमाले अध्यक्ष ओलीद्धारा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ

Sambridinews by Sambridinews
बिहिबार, मंसिर १४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमाले अध्यक्ष ओलीद्धारा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झुलाघाट (बैतडी) । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ अध्यक्ष केपी शर्मा ओलीबाट झुलाघाटमा भव्य समारोहबीच राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पदाधिकारीहरू, स्थायी कमिटी सदस्यहरू, पोलिटव्यूरो सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू, सुदूरपश्चिम प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी तथा ठूलो सङ्ख्यामा स्थानीय कार्यकर्ता र शुभेच्छुकबीच आज विहान बाजागाजा, झाँकी र र्यालीसहितको उल्लासमय वातावरणमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङ् समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 
यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले भन्नुभयो– पार्टीले शुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सम्वाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा सम्वादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा (एमाले)ले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।
अध्यक्ष ओलीले यात्राका क्रममा मध्यपहाडी भू–भागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सीप विकासको अध्ययनबारे जनतासँग सम्वाद गर्ने बताउनुभयो । 
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ आजबाट शुरू भएको करिब तीनसाता लामो यो यात्रा पुष्पलाल लोकमार्ग पुगेका २६ जिल्ला हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ । 
यात्रा अगाडि बढाउने क्रममा अध्यक्ष ओलीले पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई राष्ट्रिय झण्डा र पार्टी  झण्डा हस्तान्तरण गर्नुभयो । झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरू गरिएको यो यात्रा राष्ट्र निर्माणको यात्रा आरम्भ गर्नका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो–यात्राका क्रममा स्थानीय जनतासँग सम्वाद गरिने छ । पुष्पलाल लोकमार्ग निर्माणले ल्याएको परिवर्तन नजिकबाट नियालिने छ । जनतामा रहेका विभिन्न खालका भ्रमहरूलाई चिर्ने काम हुने छ । देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने छ ।  
 
मध्यपहाडि (पुष्पलाल) लोकमार्ग यात्रामा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय निकायका प्रमुख लगायतका नेताहरूको सहभागिता रहेको छ । 
यस यात्रा क्रममा जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन आदि गरिने छ । 

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

Related

Previous Post

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

Next Post

ज्ञान कार्निभल भोलिदेखि

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
ज्ञान कार्निभल भोलिदेखि

ज्ञान कार्निभल भोलिदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

शनिबार, पुस २८, २०८०
निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

राष्ट्रपतिको निर्वाचन फागुन २५ गर्ने निर्वाचन आयोगकाे निर्णय

सोमवार, माघ १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In