Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमाले अध्यक्ष ओलीद्धारा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ

Sambridinews by Sambridinews
बिहिबार, मंसिर १४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमाले अध्यक्ष ओलीद्धारा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झुलाघाट (बैतडी) । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ अध्यक्ष केपी शर्मा ओलीबाट झुलाघाटमा भव्य समारोहबीच राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पदाधिकारीहरू, स्थायी कमिटी सदस्यहरू, पोलिटव्यूरो सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू, सुदूरपश्चिम प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी तथा ठूलो सङ्ख्यामा स्थानीय कार्यकर्ता र शुभेच्छुकबीच आज विहान बाजागाजा, झाँकी र र्यालीसहितको उल्लासमय वातावरणमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङ् समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 
यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले भन्नुभयो– पार्टीले शुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सम्वाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा सम्वादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा (एमाले)ले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।
अध्यक्ष ओलीले यात्राका क्रममा मध्यपहाडी भू–भागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सीप विकासको अध्ययनबारे जनतासँग सम्वाद गर्ने बताउनुभयो । 
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ आजबाट शुरू भएको करिब तीनसाता लामो यो यात्रा पुष्पलाल लोकमार्ग पुगेका २६ जिल्ला हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ । 
यात्रा अगाडि बढाउने क्रममा अध्यक्ष ओलीले पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई राष्ट्रिय झण्डा र पार्टी  झण्डा हस्तान्तरण गर्नुभयो । झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरू गरिएको यो यात्रा राष्ट्र निर्माणको यात्रा आरम्भ गर्नका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो–यात्राका क्रममा स्थानीय जनतासँग सम्वाद गरिने छ । पुष्पलाल लोकमार्ग निर्माणले ल्याएको परिवर्तन नजिकबाट नियालिने छ । जनतामा रहेका विभिन्न खालका भ्रमहरूलाई चिर्ने काम हुने छ । देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने छ ।  
 
मध्यपहाडि (पुष्पलाल) लोकमार्ग यात्रामा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय निकायका प्रमुख लगायतका नेताहरूको सहभागिता रहेको छ । 
यस यात्रा क्रममा जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन आदि गरिने छ । 

You might also like

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

Related

Previous Post

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

Next Post

ज्ञान कार्निभल भोलिदेखि

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

by Sambridinews
शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
ज्ञान कार्निभल भोलिदेखि

ज्ञान कार्निभल भोलिदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

मङ्लबार, जेष्ठ २२, २०८१
बडादसैँ आरम्भ : आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत

बडादसैँ आरम्भ : आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत

आइतवार, अशोज २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In