Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

Sambridinews by Sambridinews
बुधबार, पुस ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्वास्थ्य
0
४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । ‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा. श्रेष्ठले भने

You might also like

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’

केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन ।’ डा. श्रेष्ठले भने ।

Related

Previous Post

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

Next Post

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Sambridinews

Sambridinews

Related Posts

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

by Sambridinews
बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

by Sambridinews
बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतकबाट एक किशोरीको उद्धार

भारतकबाट एक किशोरीको उद्धार

शुक्रबार, माघ २०, २०७९
आज र भाेली रंगहरुको पर्व होली

आज पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदै

आइतवार, चैत्र ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In