Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

Sambridinews by Sambridinews
बिहिबार, पुस १९, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पुष १९, सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयमा जारी भएको आईपीओ नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

You might also like

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

यस कम्पनीले नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रूपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकिएको छ । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्रीमा आउन लागेको हो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओ खरीदका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छिटोमा माघ १० गतेसम्म यो आईपीओ विक्री मिति तोकिएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १० गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमानै वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको क्षमता रहेको कम्पनी रहेको बुझिन्छ । कम्पनीको आईपीओ निष्कासत तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजागारीमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

Related

Previous Post

ठूला पूर्वाधार आयोजना निर्माणको काममा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

Next Post

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

Sambridinews

Sambridinews

Related Posts

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

शनिबार, कार्तिक २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In