Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवादको बाटोमा हिडेको मुलुकमा पुन राजतन्त्र सम्भव छैन

Sambridinews by Sambridinews
शनिबार, चैत्र १, २०८१
in राजनीति, विचार
0
समाजवादको बाटोमा हिडेको मुलुकमा पुन राजतन्त्र सम्भव छैन
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

क्युबाली नेता फिडेल क्यास्ट्रो भन्ने गर्थे ‘कि समाजवाद कि मृत्यु’ प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस एमाले र माओवादी केन्द्रको मुल नेतृत्व सुध्रिएर जनताको जनजीविकाको सवालमा जिम्मेवार बन्ने कि समाप्ति को बाटो रोज्ने ? त्यो नेताहरुकै हातमा छ ।

जनता अब नेताहरूको उधारो आश्वासनलाई शिरोपर गरेर उनै नेताको जयजयकारकाे मन्त्र जप्नेवाला छैनन् । जनताले छिटोभन्दा छिटो प्रशासनिक सुधार भ्रष्टाचारमुक्त समाज र उत्पादनको लागि युवा परिचालन चाहेका छन् । शिक्षा स्वास्थमा माफियातन्त्रको अन्त्य लगायतका सुधार मात्र गर्नसके नेताहरु चाहे क्रान्तिकारी चाहे पश्चगामी कसैसंग झस्किनु पर्दैन। सङघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मा जनताले लिनेछन् ।

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपालको वर्तमान राजनीतिक वृत्तमा आजपनि सामन्तवादी नेताहरू मात्रै होइन आफुलाई प्रगतिशील परिवर्तनको संवाहक ठान्नेहरु पनि राजतन्त्रकालीन सामन्ती चिन्तनको धङधङीबाट बाहिर आउन सकेका छैनन ।

राजावादीहरुको झुण्ड देखेर हौसिएका पुर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देश मार्फत आफू अगाडि बढ्न तयार रहेको जनाए ।कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टलाई उनको बडीगार्डले सोधेका थिए ‘सरकार तपाई जहाँ जानुहुन्छ त्यहाँ किन हजारौंको संख्यामा मानिस जम्मा हुनेगर्छन् ? ’

त्यसप्रति नेपोलियनको जवाफ थियो, हेरिराख यी मानिस मलाई झुण्ड्याएको दिन योभन्दा बढी मान्छे जम्मा हुन्छन् । पुर्वराजा ज्ञानेन्द्र र उनका भक्तहरुले यो उपदेश सम्झनु नै राम्रो हुन्छ ।
बेलायतमा संसदको बहुमतले राजतन्त्र पुनःस्थापना गरेको थियो । के पुर्वराजा ज्ञानेन्द्र शाहले पनि संसदबाट राजतन्त्र पुनःस्थापना सोचेका हुन ? त्यस्तो हो भने त्यही बाटो किन रोज्दैनन ?

संसदले चाहेको भए, राजतन्त्र पुनःस्थापना सम्भावना छ भन्ने कुरा बेलायतको इतिहासबाट बुझ्न सकिन्छ । संसदको प्रतिनिधित्व गर्ने नेपाली काग्रेस, एमाले, माओवादी लगायत दलहरूसँग छलफल गर्नुपर्छ । सडकमा केही झुन्ड लिएर आफ्नो स्तुति गाउन लगाएको भरमा राजतन्त्र फर्किदैन ।

फ्रान्सेली राज्यक्रान्तिले राजा लुईस सोर्हाेलाई हत्या गरेर स्थापित गणतन्त्रले राम्रोसँग काम गर्न नसक्दा त्यहाँ राजतन्त्र र लोकतन्त्रको केही दशक लुकामारी चलेको थियोे । सन् १८४८ को क्रान्ति र आन्दोलनले ती सबै समाप्त गरेर गणतन्त्रलाई स्थापित गरेको इतिहास बुझ्नुपर्छ ।
नेपालमा गणतन्त्र स्थापनापछि राजनीतिक दलका नेताहरूले जनअपेक्षा अनुरुपको काम गर्न नसक्दा गएगुज्रिएको पुनरुथानवादी दक्षिणपन्थी अवसरवादी राजा र राजतन्त्रवादीले टाउको उठाउने मौका पाएका मात्र हुन ।

पुँजीवादी नेपाली नयाँ गणतान्त्र आर्थिक सामाजिक राजनीतिक साँस्कृतिक रुपान्तरण नभएका होइनन् , धेरै भएका छन । यति हुँदाहुँदै पनि राजनीतिदलले चुनावी घोषणापत्र अनुरुप काम गरेर देखाउन नसक्दा यसैलाई टेकेर दक्षिणपन्थी पुनरुथानवादीहरुले अहिले सडक र संसदमा निसंकोच राजतन्त्रको पक्षमा दन्तबजान गर्देछन ।

राजालाई राजावादीहरुले सबैभन्दा माथिल्लो श्रेणीमा र जनतालाई रैती भन्दै सबैभन्दा तल्लो श्रेणीमा राखेर शासन गर्ने शैली नेपाली जनताले पटक पटक नभोगेका होइन । एकल धर्म सामन्तवादलाई मुख्य आधार मानेर व्यक्तिवादको स्तुति र दास मनोवृत्तिमा बर्बर निरंकुश शासन सञ्चालन गरेकै थिए ।

बहुभाषिक बहुसाँस्कृतिक बहुधार्मिक भएको मुलुकमा सबै जनतालाई एकल हिन्दु धार्मिकवाद अनिर्वाय जस्तै थियो । जहा कुनै प्रकारको राजनीतिक स्वतन्त्रता थिएन । पत्रपत्रिका र सञ्चारमाध्यमले आलोचना गरे तुरुन्त पत्रपत्रिकाको दर्ता खारेज गर्नेदेखि लेखक तथा छापाखाना समेतलाई दण्ड जरिवाना गर्ने कार्य राजतन्त्रमा भएका छन् ।

यस्तो अधिकार अञ्चलाधिश र प्रमुख जिल्ला अधिकारीलाई दिइएको थियो । सामन्तवादी व्यवस्था अनुसार हरेक व्यक्ति एवं वर्गको अधिकार र कर्तव्य उसले प्राप्त गरेको हुन्थ्यो । मध्यकालीन युरोपेली समाज जस्तै २०४६ साल भन्दा अगाडि हाम्रो देशको समाजलाई त्यही अवस्थामा राख्न बाध्य पारिएको थियोे ।

नेपालको राजनीतिक इतिहासलाई केलाउँदा विसं.२०४६ सालको आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म आइपुग्दा नेपालको राजनीतिले खुल्ला आर्थिक सामाजिक राजनीतिक अवस्था तय गरिसकेको थियोे । यसैबीचमा उदाएका राजा ज्ञानेन्द्रले निरंकुश शासन लाद््ने काम गरे ।

राजा ज्ञानेन्द्रको शासन कालमा नेपाली समाजलाई केहीहदसम्म ढुङ्गे युगमा तर्फक धकेन्ने कोसिस नगरेका हैनन । कालान्तारमा जनसागरले ज्ञानेन्द्रको निरञ्कुश शासन पल्टाइदियो ।
०६२/६३ को जनआन्दोलन र दशवर्षे सशस्त्र युद्धले नेपालबाट राजतन्त्रको समाप्त गर्नुका साथै देशमा गणतन्त्रको स्थापना भयो । दुईसय अड्तिस वर्षदेखिको सामन्ती राजसंस्थालाई अन्त्य गरेर गणतन्त्रको सत्रवर्षे शासनकालमा आइपुग्दा पुन राजतन्त्रको पक्षमा पश्चगमले मुन्टो उठाउनुमा पटकपटक सत्ता सम्हालेर जनताप्रति उत्तरदायी नहुने नेताहरु प्रमुख कारण हुन ।

सामन्तवादी पश्चगमनका ठेकेदारहरुले बेलायतको सन् १६६० को चाल्र्स द्धितीयलाई सिंहासनमा राखेजसरी सन् १८३० मा फ्रान्सका राजनीतिक दलहरूले लुइ फिलिपलाई राजा मानेर संसदीय व्यवस्थाको अभ्यास गर्दे थिए । तर त्यो व्यवस्थाले जनताको जनजिवीकाको सवाललाई सम्बोधन गर्न सकेन र सन् १८४८ मा ठुलो आन्दोलनले लुइ फिलिपलाई भाग्न बाध्य पारी फ्रान्समा पुन गणतन्त्र घोषणा गरेका थिए ।

नेपोलियन बोनापार्ट भन्ने गर्थे, म बाटोमा घोडा डुलाउँदै थिए, मलाई च्याप्प समातेर जनताले फ्रान्सको सत्रौं सम्राट बनाए ।
अठारौं शताब्दीमा नेपोलियनको भनाइ जस्तै नेपालमा आजको युगमा त्यो सम्भावना छैन।

हटिसकेका राजा ज्ञानेन्द्रलाई सत्ताको मोह बढेको भए कम्बोडियाको इतिहासमा सिंहानुकले निर्वाचनलाई उपयोग गर्दे सन् १९९३ मा सिंहासन प्राप्त गरेजसरी उनले पनि पाउँछन् ।

लोकतन्त्रमा निर्वाचन नै सरकार प्रवेशको बैधानिक बाटा हो । त्यसका लागि स्पष्ट राजनीतिक विचार र संगठन हुनुपर्छ । केही अराजकतावादीहरुको भिडले सडकबाट राजसंस्था पुनःस्थापनको सपना नदेखे हुन्छ ।

अराजक भिडले रक्तपातलाई मात्रै प्रश्रय दिन्छ । पूर्वराजा भइसकेका ज्ञानेन्द्रलाई सत्ताको भोक जागेको हो भने वैचारिक संगठन मार्फत लोकतन्त्रको अभ्यास गर्दा हुन्छ । अन्यथा, समाजवादको यात्रामा अघि बढेको मुलुकलाई प्रतिगमनकाे मार्गमा हिड्ने छुट छैन।

Related

Previous Post

नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल 

Next Post

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

शनिबार, बैशाख २९, २०८१
२३ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट मृत्यु

२३ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट मृत्यु

बुधबार, कार्तिक १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In