काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अक्टोर ६ अर्थात असोज २० नेपाल आउने भएका छन् । शनिबार बिहान फेसबुक मार्फत सन्दीपले न्यायलय सामु उपस्थित भई आफुमाथि लागेको गलत ओरोपको प्रतिबाद गर्नेसमेत उल्ल्लेख गरेका छन् ।
यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको भन्दै आफु मानसिक तनावबाट गुज्रीरहेको भन्दै केही दिनमा नेपाल फर्किने बताएका थिए ।
१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका छन् ।