Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सचिवालय बैठक– उपाध्यक्ष नेम्वाङको निधनबाट राष्ट्रकै लागि अपूरणीय क्षति

Sambridinews by Sambridinews
बुधबार, भदौ २७, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सचिवालय बैठक– उपाध्यक्ष नेम्वाङको निधनबाट राष्ट्रकै लागि अपूरणीय क्षति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।भदौ २७ , नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उपाध्यक्ष नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्चमूल्याङकन गर्दैै विशेष शोक प्रस्ताव पारित गरेको छ । उहाँको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
बैठकले उपाध्यक्ष नेम्बाङको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं। २ मा शोक पुस्तिका राखिने छ ।
पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । स्व। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीले असोज २ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकपछि प्रकाशित शोक वक्तव्यः
२६ भदौ २०८०
शोक वक्तव्य

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको आज बिहान १।५० बजे उपचारको क्रममा भएको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको छ । उहाँको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी पार्टीका जनप्रिय नेता सुवासचन्द्र नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
वि.सं. २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका– ७ मा जन्मनुभएका कमरेड सुवास नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएको छ । संविधानसभाका अध्यक्षका रुपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रुपमा स्थापित छ । उहाँले पुनस्र्थापित प्रतिनिधिसभा ९२०६३०, अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद ९२०६३०, संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद ९२०६५० तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा ९एमाले०को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ ।
२०५६ सालमा प्रतिनिधिसभा सदस्यको रुपमा ईलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रुपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।
आदर्श स्कुल, ईलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, ईलाममा बी।ए। पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौंमा बी।एल। अध्ययन गर्दा सरकारविरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२÷६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक–पटक हिरासतमा पर्नुभएको थियो ।
२०३३ साल असार ३ गते जेलमैं रहँदा तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो । छैटौं महाधिवेशन ९२०५४० र सातौं महाधिवेशन ९२०५९० बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन ९२०७८० बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँका योगदानहरुको पार्टी उच्च मूल्याङ्कन गर्दछ ।
२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य ९२०४१० तथा महासचिव ९२०४३० का रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।
मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका माननीय सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरुसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।
कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
श्रीमती कलावती नेम्वाङसँग छुट्टीभिन्न भइसकेपछि विशालनुमा नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँहरुका दुई छोरा– मिङ्सो नेम्बाङ र सुहाङ्ग नेम्वाङ तथा दुई छोरीहरु– डा। सुसाङनुमा नेम्वाङ र सम्याङ नेम्वाङ हुनुहुन्छ ।
सामाजिक आर्थिक रुपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रुपमा उभिनुहुने सुवासचन्द्र नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा ९एमाले० पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको छ । शोकको यस घडीमा सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको असल गुणहरुबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकाकुल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं ।

You might also like

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

प्रदीप ज्ञवाली
कार्यबाहक महासचिव

Related

Previous Post

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा बिहीबार शोक बिदा

Next Post

६ दिने नाडा अटो शोको अर्थमन्त्रीद्वारा उद्घाटन, अर्थतन्त्रमा देखिएको शिथिलता हटनेमा विश्वस्त

Sambridinews

Sambridinews

Related Posts

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

by Sambridinews
आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

by Sambridinews
आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
६ दिने नाडा अटो शोको अर्थमन्त्रीद्वारा उद्घाटन, अर्थतन्त्रमा देखिएको शिथिलता हटनेमा विश्वस्त

६ दिने नाडा अटो शोको अर्थमन्त्रीद्वारा उद्घाटन, अर्थतन्त्रमा देखिएको शिथिलता हटनेमा विश्वस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ

बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ

बुधबार, फाल्गुन ३, २०७९
राष्ट्रिय आविष्कार केन्द्रले थाल्यो आन्दोलन

राष्ट्रिय आविष्कार केन्द्रले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In