काठमाडौं, असोज ३, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट ९९८ जनालाई सम्मानित गरेकी छन् ।
भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।
विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित हुनेमध्ये नेपाल रत्नबाट १ जना, राष्ट्र गौरवबाट ३ जना, स्रप्रसिद्ध प्रबल जनसेवाश्रीबाट १, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४, सुकीर्तिमय राष्ट्रदीपबाट १७, सुप्रबल जनसेवाश्रीबाट १६५, कीर्तिमय राष्ट्रदीपबाट ६, प्रबल जनसेवाश्रीबाट ३२२, राष्ट्रदीपबाट २ र जनसेवाश्रीबाट २०७ जना छन् ।
अलंकारतर्फ राष्ट्र यशोवर्द्धकबाट १०, परम पौरख भास्करबाट २, नेपाल प्रताप सुभूषणबाट ३८, नेपाल सेवा प्रवीणबाट २३, अतिपौरख भाष्करबाट ८, नेपाल प्रताप आभूषणबाट १९, समाजसेवा रत्नबाट ३८, महापौरख भाष्करबाट १८ र नेपाल प्रताप भूषणबाट २३ जना विभूषित भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै राष्ट्रेवा पदक प्रथम श्रेणीबाट ६, शिक्षाज्योतिबाट १८, सगरमाथा पदकबाट १३, सुकीर्ति पदकबाट १२, वीरता पदकबाट ८, सौर्य पदकबाट १, प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट ७ र विकास रत्न पदकबाट १६ जना विभूषित भएका छन् ।
विभूषित भएकाहरूको सूची यसप्रकार छ –