Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र !

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ १३, २०८१
in विचार, साहित्य / ब्लग
0
माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र !
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फणीन्द्र फुयाल ज्वाला

आदरणीय देशको अभिभावक प्रधानमन्त्री, एवम् नेकपा(माओवादी) केन्द्रको पनिअभिभावक (अध्यक्ष) पुष्कमल दाहाल ‘प्रचण्ड’ज्यू अभिवादन !

You might also like

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

अहिंसा परमो धर्म

तपार्ईलाई सञ्चै होला भन्ने आशा र कामना व्यक्त गर्दछु । तर मलाई भने सञ्चो छैन । लेख्नुपर्ने र सुनाउनुपर्ने कुराहरु मनमा धेरै मडारिएका छन् । खै, कहाँबाट सुरु गरौँभन्ने अलमलमा पर्दैछु ।
पछिल्लो सिर्जित घटनाक्रमबाटै यथार्थ विवरणहरु व्यक्त गर्दछु ।

दुई बर्षअघि तपाईकै प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा नेकपा(माओवादी) केन्द्रको भातृसंस्था प्रेस सेन्टरको केन्द्रीय अधिवेशन सम्पन्न भयो । त्यसबाट ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ बिधिबाट तपाईंकै चाहनाबमोजिम विष्णु सापकोटा ‘जुगल’ केन्द्रीय अध्यक्षमा चयन हुनुभयो । त्यहाँबाट काठमाडौं फर्किएपछिको केही हप्तापछि प्रेस सेन्टरले पदाधिकारी टुंग्यायो । संगठनको कुनै पनि पदमा नरहेका केही व्यक्तिहरु खुमलटार धाएर तपाईकै आशीर्वादमा पुनःपदाधिकारी बने । विशेषतः निर्मल ज्ञवाली संगठनका अन्य उपाध्यक्षहरुमध्ये एक हुनुहुन्छ । जो तपाईकै जोडबलम ाउपाध्यक्ष बन्नुभएको चर्चा बजारमा अहिले पनि उत्तिकै ताजा नै छ ।

संगठनका केन्द्रीय अध्यक्ष जुगल र केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली म बिगत ६ वर्षदेखि सम्पादक रहँदै आएको झिल्को डटकम सञ्चालन गर्ने भन्दै लगानीकर्ताका रुपमा गतवर्षदेखि भित्रिनुभयो । हाल झिल्को डटकमको अध्यक्षमा निर्मल ज्ञवाली हुनुहुन्छ भने सल्लाहकारमा विष्णु सापकोटा जुगल हुनुहुन्छ । सम्पादकमा म स्वयम् छु ।

उहाँहरु लगानीकर्ताको रुपमा भित्रिदा हामी झिल्कोमा मासिक पारिश्रमिक लिने श्रमजीवि कर्मचारीहरु जम्मा तीन÷चार जनामात्र थियौँ । उहाँहरु लगानीकर्ताका रुपमा आउने भएपछि हामी श्रमजीविहरु निकै हर्षित भयौँ । सोचेका थियौँ, संगठनका केन्द्रीय अध्यक्ष र उपाध्यक्षहरु नै आउने भएपछि त हाम्रो मासिक पारिश्रमिकमा पनि बृद्धि हुन्छ होला । अनलाइनमा विज्ञापनमा प्रशस्त आउँछ होला । तर उहाँहरु झिल्कोमा भित्रिएको दुई महिनादेखि काम गर्ने वातावरणमा धुमिल पार्ने, मासिक पारिश्रमिक प्रदान गर्न ढिलासुस्ती गर्ने र हाल आएर कामगर्ने वातावरण नै अवरोध पारिरहनुभएको छ ।

काम गर्ने वातारवरण नुहँदा उतिबेलै एक जना श्रमजीवि साथीले रोगजारीबाट हात धुनुपर्ने अवस्था आयो । मैले गत पुस महिनादेखि पारिश्रमिक प्राप्त गर्न सकेको छैन । पारिश्रमिक नपाएको ६ महिना भइसकेको छ । अहिले उहाँहरुले झिल्को डटकम हुँडलेर बेवारिसे बनाउनुभएको छ । बन्द पनि गर्नु हुन्न, राम्रोसँग चलाउन पनि सक्नुहुन्न, श्रमजीविलाई पारिश्रमिक पनि दिनुहुन्न ।

श्रमजीविलाई भोकभोकै मर्न बाध्य बनाएर निर्मल ज्ञवाली र विष्णु सापकोटा प्रेस संगठनको काममा व्यस्त हुँदा झिल्को अलपत्र बनेको छ । झिल्को आधिकारीक रुपमा बन्द गर्ने निर्णय पनि उहाँहरु गर्न सक्नुहुन्न, किनभने उहाँहरुले प्रेस सेन्टरको नाम भजाएर झिल्कोको नाममा रकम असुली गरिरहनुभएको छ भन्ने कुरा प्रेस सेन्टरकै केही नेताहरुले भन्दै हिँड्ने गरेका छन् । झिल्को डटकमलाई माओवादी केन्द्रको आधिकारीक मुखपत्र हो भन्दै धम्क्याएर, फकाएर र प्रभाव र प्रलोभनमा पारेर बिज्ञापन भन्दा पनि रकम असुली भइरहेको कुरा प्रेस सेन्टरकै जिम्मेवार साथीहरुबाट सुन्नुपर्दा निकै लज्जाबोध हुन्छ ।

नेताहरु रुपान्तरण हुनुपर्छ, नेताहरु बिग्रए, नेताहरु भ्रष्ट भए, नेताहरु दलाल भए, नेताहरु चुनाव जितेर सहर छिरेपछि उतै कमाउधन्दामा लागे भन्ने होइन र ? मैले चिनेको, जानेको र भोगेको प्रेस सेन्टरका नेताको त यस्तो चालामाला छ भने अन्य भातृ संगठनका नेताहरुको के होला? के यो कुरा सहजै अनुमान लगाउन सकिँदैन ? माओवादी पार्टी हरेक चुनावको नतिजामा खस्किँदै जानु, ओरालो लाग्दै जानु र आज प्रत्यक्षमा १८ सिट मात्र जित्नु के यहाँभित्र मौलाउँदै गाएको यिनै ठेकेदारी, दादागिरी, अरुलाई दासझैँ सम्झिनु, आफू नसच्चिनु र अरुमाथि मात्र दोषारोपण गर्नु हैन र ?

अध्यक्ष प्रचण्डज्यू

तपाईंको पार्टीले केही महिनाअघि ‘माओवादी रुपान्तरण अभियान’ सञ्चालन ग¥यो । के यो रुपान्तरण जनताका लागि थियो कि नेताका लागि ? रुपान्तरण अभियानले निकालेको निश्कर्ष नेताहरु रुपान्तरण हुनुपर्छ, नेताहरु बिग्रए, नेताहरु भ्रष्ट भए, नेताहरु दलाल भए, नेताहरु चुनाव जितेर सहर छिरेपछि उतै कमाउधन्दामा लागे भन्ने होइन र ? मैले चिनेको, जानेको र भोगेको प्रेस सेन्टरका नेताको त यस्तो चालामाला छ भने अन्य भातृ संगठनका नेताहरुको के होला? के यो कुरा सहजै अनुमान लगाउन सकिँदैन ? माओवादी पार्टी हरेक चुनावको नतिजामा खस्किँदै जानु, ओरालो लाग्दै जानु र आज प्रत्यक्षमा १८ सिट मात्र जित्नु के यहाँभित्र मौलाउँदै गाएको यिनै ठेकेदारी, दादागिरी, अरुलाई दासझैँ सम्झिनु, आफू नसच्चिनु र अरुमाथि मात्र दोषारोपण गर्नु हैन र ?

पार्टी अध्यक्षज्यू

केही हप्ताअघि संघीय सरकार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको थियो । तर सो पदमा पुनःनिवर्तमान अध्यक्षलाई पुनर्वहाली गरियो । किनभने उहाँ जनयुद्ध लडेको व्यक्ति हो रे ! मन्त्रालयका सचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले व्यावसायीक कार्ययोजना, अन्तर्वार्ता र प्रेजेन्टेशनका आधारमा भन्दै उही व्यक्तिलाई छानोट ग¥यो ।

झट्ट हेर्दा प्रक्रिया त पुग्यो तर तपाईंले हरेक कार्यक्रमका सम्बोधनमा दिने मन्तव्य सुशासन र पारदर्शीता त्यहाँ ह्वाङ्गै–छ्याङ्गै भएर लाजमर्दो स्थिति देखियो । कुरा के भयो भने, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जनाको आवेदन परेको थियो, त्यसमा पनि प्रेस सेन्टरका अध्यक्ष जुगल, उपाध्यक्ष निर्मल ज्ञवालीहरुले नै मन्त्रीलाई एक अमुक व्यक्तिको नाम लिएर उहाँले जनयुद्ध लडुन्भएको हो, उहाँ नै अध्यक्षमा छनोट हुनुपर्छ भन्नै दबाब सिर्जना गर्नुभयो । अन्ततःउहाँहरुको अगाडि विभागीय मन्त्रीको पनि केही लागेन, भयो त्यही ।

माओवादी शान्ति प्रक्रियामा आएको झण्डै २० वर्ष हुनैलाग्यो । राज्यका हरेक अंगहरुमा नियुक्ति गर्दा उही जनयुद्धमा लागेको एउटै व्यक्तिले मात्र पटक–पटक अवसर पाउने हो भने अन्य नागरिक तथा व्यक्ति माओवादी पार्टीमा किन जोडिने ? यो माओवादीभित्र झांगिएको गलत प्रबृत्ति हो । यो तत्काल निस्तेज पार्नुपर्छ । कोही व्यक्ति जनयुद्ध हुँदा नाबालक थियो, जन्मिएकै थिएन भने ऊ जनयुद्धमा सामेल हुन नसक्नुमा उसको के दोष ? ऊ जान्ने, बुझ्ने भएपछि के ग¥यो भन्ने योगदानबाट उसको मूल्याङ्कन हुन नसक्नु माओवादीको ठूलो भूल हो ।

नेपाल पत्रकार महासंघको निर्वाचन यही जेठ २६ गते हुँदैछ । महासंघको निर्वाचनमा केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म उम्मेदवारी दिन पत्रकार साथीहरु तम्तयार भएर बसेका छन् । टिकट पाउन केही पत्रकार नेताको चाकडी गर्न घरदैलो चाहार्दैछन् । विशेषतः प्रेस सेन्टरले उम्मेदवार चयन गर्दा जनयुद्धमा फलानोको भूमिका के थियो ? भन्ने मात्र कुरा नगरेर सबै पक्षको अध्ययन गर्ने, श्रमजीविको हककाबारेमा आवाज उठाउने, कार्यान्वयन गर्ने हो भने अधिकांश जिल्ला, प्रदेश र केन्द्रमा प्रेस सेन्टरले खडा गरेका उम्मेदवारले विजय हासिल गर्ने निश्चित छ । तर प्रेस सेन्टरकै केन्द्रीय अध्यक्ष र केन्द्रीय उपाध्यक्षले सञ्चालन गरेको झिल्कोमा श्रमको सम्मान छैन, रोजगारको सुनिश्चितता छैन, श्रमजीवि ऐन कार्यान्वयन छैन भने प्रेस सेन्टरका साथीहरुले जित्ने सम्भावना रहँदैन ।

प्रेस सेन्टरका उम्मेदवारलाई जनयुद्ध लडेका पत्रकारले मात्र मतदान गरे भने कति मत आउला? पार्टी चोइटिएर ५–६ फ्याक भएको वर्तमान अवस्थामा त्यही २५–३० मतजति होलान् प्रेस सेन्टरमा जनयुद्ध लडेका पत्रकार । झिल्कोमा स–सम्मान काम गर्ने वातावरण सिर्जना नहुनुले प्रेस सेन्टर भनेको मजदुरमारा संगठन हो भन्ने सन्देश बाहिर प्रवाहित भएको छ । तसर्थ झिल्कोको समस्या पत्रकार महासंघको निर्वाचनअघि नै सम्बोधन गर्न जुगल–निर्मलहरुलाई प्रधानमन्त्रीले कडा निर्देशन दिन जरुरी छ । किनकि उहाँहरु तपार्इंकै जोडबलमा संगठनको आजको पदमा पुग्नुभएको जगजाहेर छ ।

अध्यक्ष प्रचण्डज्यू

तपाईंको सुशासनको नारा, योजना र सपनालाई साकार पार्ने हो भने जनताका साना–साना समस्यालाई हल गर्नेतर्फ लाग्नुहोस् । तपाईं जनतासँगको सहज पहुँचमा रहनुहोस् । तपाईंको सचिवालयको घेरालाई एकदम सजिलो र सहज बनाउनुहोस् । हिजो पूर्वराजा ज्ञानेन्द्र साहको शासन सत्ताको आखिरी समयमा उनलाई गतल सुझाव, सल्लाह दिने एउटा झुण्डले घेरेर राखेको थियो । ज्ञानेन्द्र शाह तिनैका कुरा सुनेर एकपछि अर्को गलत निर्णय र ‘कू’ गर्न हौसिएका थिए । तपार्इं पनि त्यस्ता गलत झुण्डलाई बेलैमा चिन्नुहोस् र आफू बच्नुहोस् । सचिवालय चुस्त बनाउनुहोस् । सचिवालयमा रहेका लोभिपापीहरुलाई बेलैमा चिनेर गलहत्याउनुहोस् । त्यस्ता गलत तत्वहरु प्रेस सेन्टरमा छन् र हरेक भातृ संस्थामा छन् । तिनीहरुको पहिचान गर्न ढिला नगर्नुहोस् ।
तपाईंको शुभचिन्तक ।

Related

Previous Post

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

Next Post

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैनः मन्त्री चौधरी

Sambridinews

Sambridinews

Related Posts

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

by Sambridinews
शनिबार, अशोज १०, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैनः मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैनः मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

शनिबार, अशोज ४, २०८२
आज काठमाडाैं उपत्यकामा इन्द्र जात्रा  मनाइँदै

आज इन्द्रजात्रा तथा विश्वकर्मा पूजा एकैदिन

मङ्लबार, अशोज १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
FEATURED

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

बुधबार, अशोज २१, २०८३
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
FEATURED

लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बुधबार, अशोज २१, २०८३
दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In