काठमाडौं, साउन २१ ,नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।
उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, नवराज खड्का, साजन सैंजु र प्रवल तिमिल्सिना सदस्यमा चयन भए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: