काठमाडाैं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के टू हिमालको सफल आरोहण गरेकी छन्।
३२ वर्षीया श्रेष्ठले पाकिस्तानमा पर्ने के टूको आज सफलतापूर्वक आरोहण गरेकी हुन। उनले यसअघि नै सर्वोच्च शिखर सगरमाथा तथा अन्य हिमालहरु मनास्लु र अमादब्लमको आरोहण गरिसकेकी छन्।