गीता बराल
घन्केथ्यो चित्ताकर्ष
आवाज बुलन्द
खुलेथे फुलमायाका
उत्साही नजर
पन्छाई फाली गन्धात्क्षत
भत्काई पड्काई
फ्याँकी नाथे चोलियाको
फेरो च्याती गुनियाको
ओढी बर्दी जनयुद्धको
शङ्खघोष गरि राष्ट्रवादको
घरसङ्घा फिर्ता गरि
तोडी रित डोलीको
चखेटो सम्म मिल्काई
के काम त्यो जिर्ण अस्तित्वको
बाछिटो ओत्ने गाटरको
बलि चढाउने भाकलको
उज्यालो छेक्ने आदर्शको
न्याय र स्वतन्त्रताको
समयान्तर पछि…….
फुलको पत्र सुक्यो
काँडा जिङरिङ्ग परे
गोली लागेको हात सुक्यो
भाँचिएको खुट्टो दुख्यो
पतिको साथ टुट्यो
जुनतारा गन्दै रात गुज्र्यो
विचरा फुलमायाको
वाग सुक्यो सास दुख्यो
बेली र चमेली सुक्यो
उस्तै छन् गाउँबेसी
सँस्कृति टुट्यो
चर्साको व्यापार
बेपत्ता घरबार
फुलमाया ….जीन्दगीसँग किन निराश…..!!!!