Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ जेठ, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र उत्पादनमूलक बनाउन सरकारले तत्काल ठोस ‘वैदेशिक रोजगार नीति’ निर्माण गरी सार्वजनिक गर्नुपर्ने माग व्यवसायीहरूले राखेका छन् । होटल स्मार्ट, धुम्बाराहीमा आयोजित एक पत्रकार सम्मेलनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हरि बहादुर पाण्डेले राज्यको कुल गार्हस्थ्य उत्पादन (GDP) मा झन्डै ३० प्रतिशत योगदान पुर्‍याउने क्षेत्रलाई नीतिविहीन राख्न नहुने बताउनुभयो ।

लामो समयदेखि विद्यमान अव्यावहारिक ऐन, झन्झटिला दफाहरू र स्पष्ट नीतिको अभावका कारण यो व्यवसाय संकुचित बन्दै गएको भन्दै व्यवसायीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

You might also like

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

‘फ्री भिसा, फ्री टिकट’ नीति असफल, नयाँ सेवा शुल्कको प्रस्ताव

अध्यक्ष पाण्डेले तत्कालिन सरकारले हचुवाका भरमा लागू गरेको “फ्री भिसा फ्री टिकट” र १० हजार रुपैयाँ सेवा शुल्क लिने निर्णय पूर्ण रूपमा अव्यावहारिक र असफल साबित भएको दाबी गर्नुभयो । नेपालका व्यवसायीहरूले अन्य दक्षिण एसियाली मुलुकका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर मागपत्र (Demand) ल्याउनुपर्ने तर नेपालको अव्यावहारिक शुल्क नीतिका कारण प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।

नेपाल सरकारले श्रम सम्झौता मार्फत आफैँले दक्षिण कोरिया पठाउँदा रु. १,२०,००० र इजरायल पठाउँदा रु. १,६५,००० लिने गरेको उदाहरण दिँदै व्यवसायीले निजी क्षेत्रलाई मात्र बाँध्न खोजिएकोमा आपत्ति जनाए । व्यवसायीहरूले छिमेकी मुलुकहरूको अभ्यासलाई हेरेर कामदारको न्यूनतम २ महिनाको तलब बराबरको रकम सेवा शुल्क निर्धारण गर्न र रोजगारदाताले हवाई टिकट नदिएको अवस्थामा कामदार स्वयंले टिकट काटेर जान पाउने कानुनी व्यवस्था गर्न माग गरेका छन् ।

कुल गार्हस्थ्य उत्पादनमा ३०% योगदान, तर नीतिगत शून्य

प्रेस वक्तव्यमा उल्लेख भए अनुसार वार्षिक बजेटकै हाराहारीमा (झन्डै ९० देखि ९५ खर्ब रुपैयाँ) विप्रेषण (Remittance) भित्रिने र दैनिक २५०० युवा वैदेशिक रोजगारमा जाने मुलुकमा हालसम्म कुनै ठोस नीति बन्न सकेको छैन । नेपालका कुल घरधुरीमध्ये झन्डै ५६ प्रतिशत घरधुरीका नागरिक वैदेशिक रोजगारीमा जोडिएका छन् ।

यस व्यवसायबाट १२ सय संस्थाका माध्यमबाट प्रत्यक्ष १८०० सञ्चालक र १८,००० कर्मचारी तथा स्वास्थ्य, अभिमुखीकरण, होटल र यातायात क्षेत्रका लाखौँ नागरिकले परोक्ष रोजगारी पाइरहेका छन् ।

व्यवसायीका मुख्य माग र समस्याहरू:

  • दूतावासको एकतर्फी निर्णय र मागपत्र प्रमाणीकरण: विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले सम्बन्धित देशका निकायसँग समन्वय नगरी एकतर्फी रूपमा तलब निर्धारण गर्दा त्यो व्यवहारमा लागू हुन सकेको छैन । राजदूतावासबाट मात्र मागपत्र प्रमाणीकरण अनिवार्य गर्नुको सट्टा चेम्बर अफ कमर्स, नोटरी पब्लिक वा श्रम सहचारीमध्ये एकले गरे पुग्ने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।
  • ५० लाख धरौटीको न्यायोचित ब्याज: व्यवसाय सञ्चालनका लागि राखिने ५० लाख नगद धरौटीको ब्याज राज्यले दिनुपर्ने र उक्त ब्याज सोही धरौटीमा जोड्दै जाँदा श्रमिकको क्षतिपूर्ति क्षमतामा समेत वृद्धि हुने व्यवसायीको तर्क छ ।
  • कामदारको उत्तरदायित्व र सम्झौता उल्लंघन: कतिपय अवस्थामा कामदार आफैँले सम्झौता र नियम उल्लंघन गरी स्वदेश फर्कने र व्यवसायीमाथि मात्र दोष थुपार्ने प्रवृत्ति बढेकाले कामदारको पनि उत्तरदायित्व कानुनतः किटान गरिनुपर्ने माग छ ।
  • अनुगमनका नाममा मानसिक त्रास: सरकारी अनुगमनका क्रममा वैदेशिक रोजगार ऐनको क्षेत्राधिकार बाहिर गई व्यवसायीलाई अनावश्यक दुःख दिने, सफाइको मौका नदिने र सञ्चालकहरूलाई मानसिक त्रास दिने कार्य तुरुन्त बन्द गरी व्यावसायिक सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने बताइएको छ ।

राष्ट्र हितका लागि अपिल

प्रेस वक्तव्यको अन्त्यमा, वैदेशिक रोजगारी अभिशाप नभएर व्यवस्थित गर्न सके वरदान साबित हुने उल्लेख गरिएको छ । व्यवसायीहरूले आफूहरू मर्यादित करदाता (Dignified Taxpayer) बनेर राज्यलाई आर्थिक रूपमा सबल बनाउन तयार रहेको तर त्यसका लागि सरकारले समग्र राष्ट्रको हित अनुकूल हुने गरी तत्काल दीर्घकालीन वैदेशिक रोजगार नीति तर्जुमा गर्नुपर्ने जोडदार माग राखेका छन् ।

Related

Previous Post

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

Next Post

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

Sambridinews

Sambridinews

Related Posts

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

प्राधिकरणले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

बुधबार, मंसिर १२, २०८१
एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमवार, मंसिर १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३
गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई
TOP STORIES

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In