Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीको सचिवालय सदस्यहरूको विवरण उपलब्ध गराउने कर्मचारीको सरुवा

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २९, २०८०
in TOP STORIES
0
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ ।

करिब ५ वर्षदेखि प्रधानमन्त्री कार्यालयमा रहेर झन्डै ३ वर्षदेखि सूचना अधिकारीको भूमिकामा कार्यरत उपसचिव फुयाँललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहने गरी सरुवा गरिएको हो ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐनको दफा ३ र ७ अनुसार मागिएको सूचनाका आधारमा लोकान्तर डट्कमले यही मंसिर १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’का सल्लाहकार तथा सचिवालय सदस्यहरूको नियुक्ति र तलब भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

सोही समाचार आएको केही दिनमा फुयाँललाई कुनै नयाँ जिम्मेवारी नतोकी जगेडामा सरुवा गरिएको हो । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सूचना अधिकारीको विवरण खाली राखिएको हो ।

फुयाँलको सरुवा भएको प्रधानमन्त्री कार्यालनिकट स्रोतले जनाएको छ ।
यस विषयमा उपसचिव फुयाँलसंग सम्पर्क गर्दा उहाँले कुनैपनि प्रतिक्रिया दिनुभएन ।

संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ । उक्त धारामा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने उल्लेख छ । तर, कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।’

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले संविधानको धारा २७ कार्यान्वयनका लागि अझै प्रस्ट व्यवस्था गरेको छ । प्रत्येक नागरिकलाई सूचनाको हक हुने र सार्वजनिक निकायमा रहेको हरेक सूचनामा उसको पहुँच रहने उक्त दफामा उल्लेख छ । साथै, कानूनबमोजिम गोप्य राख्नुपर्ने विषयहरूलाई पनि ५ वटा बुँदामा स्पष्टसँग उल्लेख गरिएको छ ।

लोकान्तरलाई उपलब्ध गराइएको र सार्वजनिक भएको कुनै पनि सूचना कानूनले निषेध गरेका ५ वटा बुँदासँग सम्बन्धित देखिँदैन ।

सरकारी कोषबाट सेवा सुविधा पाउने पदाधिकारी तथा कर्मचारीको नियुक्ति तथा तलब भत्तासम्बन्धी विषय सार्वजनिक सरोकारअन्तर्गत पर्छ ।

सूचनाको हकसम्बन्धी ऐनको दफा ७ मा सूचना माग्ने र उपलब्ध गराउने प्रक्रियासहितको स्पष्ट व्यवस्था छ । कानूनबमोजिम मागिएको सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कर्तव्य हो ।

Related

Previous Post

श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा

Next Post

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

NADA

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

सोमवार, चैत्र ९, २०८२
लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

बुधबार, असार १७, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In