Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ६, २०८०
in Uncategorized
0
पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३.३ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाका व्यवस्थापक इन्द्रमानसिं बस्नेतका अनुसार अबको चार महिनामा छ हजार परिवारका करिब ३१ हजार नागरिकलाई घरघरमा स्वच्छ पिउने पानी उपलब्ध गराइने छ ।

You might also like

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, चाररचार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण भइसकेको छ ।

पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय १३ किलोमिटर पाइप लाइनको काम पनि सम्पन्न भएको जनाइएको छ ।

त्यस्तै कूल छ हजार ३७ धारामध्ये हालसम्म तीन हजार दुई सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्णकार्य सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए। उनका अनुसार हाल पानी छान्नका लागि बालुवा तथा गिट्टी हाल्ने काम भइरहेको छ ।

आयोजनाको २४ पानी तान्ने पम्प जडान, सातमध्ये पाँच बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते साढे २ वर्ष अर्थात् २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुयाएका कारण लम्बिएको हो ।

यी कारणले पहिलो पटक दश महिना र दोस्रो पटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो ।

अयोजनाका लागि सामग्री आयात गर्ने कठिनाइका कारण आयोजनाले हालैमात्र थप चार महिना अर्थात् असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थप गर्न निवेदन दिएको व्यवस्थापक बस्नेतले बताए।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका नागरिक लाभान्वित हनेछन् ।

जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ ।

सो आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाले प्रतिसेकेन्ड ८४ लिटरका दरले दैनिक २० घन्टा पानी लिफ्ट गरेर तान्ने र वितरण गर्ने योजना बनाएको छ ।

आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् रु एघार करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् ।

यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारीबाट संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएको उपभोक्ता समितिले जनाएको छ ।

Related

Previous Post

प्रजातन्त्र दिवशका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

Next Post

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार ; पूर्व ३ सचिव सहित १८ जना विरूद्ध मुद्दा

Sambridinews

Sambridinews

Related Posts

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

by Sambridinews
सोमवार, भदौ २९, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
Next Post
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार ; पूर्व ३ सचिव सहित १८ जना विरूद्ध मुद्दा

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार ; पूर्व ३ सचिव सहित १८ जना विरूद्ध मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्रीले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी

आइतवार, फाल्गुन २१, २०७९
अर्थतन्त्रको समस्या काबु बाहिर छैन : अर्थमन्त्री पौडेल

अर्थतन्त्रको समस्या काबु बाहिर छैन : अर्थमन्त्री पौडेल

आइतवार, पुस १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In