काठमाडौं । काठमाडौं उपत्याक सहित देशभर फैलिरहेको डेङ्गु महामारीलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा क्रियाशिल पत्रकारका लागि निशुल्क स्वास्थ्य परिक्षण व्यव्स्था मिलाइएको महासंघले जनाएको छ । महासंघ काठमाडौं शाखाको पहलमा निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था मिलाइएको महासंघका महासचिव राेसन पुरीले फेसबुक मार्फत जनाउनुभएको छ ।
डेङ्गुबाट संक्रमित पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै पत्रकारका लागि महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा पनि डेङ्गु निःशुल्क परीक्षण गर्न सकिनेछ ।
परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: