काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) लाई नियुक्तगरेको स्रोतले जनाएको छ ।
त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा डा. धनप्रसाद सुवेदी नियुक्त भएका जनाइएको छ ।