Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवस सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, साउन २१, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवस सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

काठमाडौं । देशभर रहेका लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान )को १८ औं स्थापना दिवस सम्पन्न भएको छ । शनिवार साँझ काठमाडौंमा भएको अडानको स्थापना दिवसको विशेष समारोहको अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गरेका छन् । स्थापना दिवसको अवसरमा अडानले प्रभावतफेरी, रत्तदान, विरामीलाई फलफूल वितरण लगायतका काम गरेको छ ।
उद्घाटन समारोहमा अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । लेखापरीकहरुलाई संवोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत संवोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गरे ।
मन्त्री महतले अन्र्तराष्टिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताए । सरकारले तरलता बृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताए ।
उनले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएको बताउँदै एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भुमिका रहेको बताए ।
उनले भने–‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाव किताव चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाव किताव हेर्र्ने काममा महत्वपूर्ण भूमिका छ ।’
मन्त्री महतले अडानले हिसाव किताव चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभीटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आश्यक सहयोग गर्ने वचन दिए ।
मन्त्री महतले बजेटको स्रोत सुनिश्चितता गरेको आधारमा बहुबर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताए ।
उनले व्यवसायीहरुलाई ऋण लिँदा आफ्नो क्षमता हेरेर, त्यसबाट कति प्रतिफल आउँछ, त्यसलाई हेरेर मात्र ऋण लिन र हचुवाको भरमा काम गर्दा समस्या आउने बताए ।
उनले नेपालमा काम गर्नका लागि धेरै संभावनाहरु रहेको बताउँदै धैर्यता राख्ने हो भने अवसरहरु रहेको र त्यसलाई उपभोग गर्नेतिर लाग्नुपर्ने बताए ।
मन्त्री महतले आर्थिक संकट भोगेको उद्योगी व्यवसायीहरुलाई सकारात्मक बहस सुरु गरेर हामी गर्न सक्छौँ भन्ने मान्यताका साथ अघि बढ्न आग्रह गरे । उनले संभावना भएका क्षेत्रमा मात्र लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्दै कृषि लगायतका उद्योगहरुमा धेरै संभावना रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेपाल अडिटर्स एशोसियन ९अडान०का अध्यक्ष केदारनाथ पौडेलले जुन उद्धेश्यका लागि अडानको स्थापना गरिएको थियो त्यो उदेश्य पूरा भएको बताए ।
स्थापना दिवसको अवसरमा अडानले प्रभातफेरी र रक्तदान कार्यक्रम समेत गरेको उल्लेख गर्दै झन्डै १ सय जनाले रक्तदान गरेको अध्यक्ष पौडेलले बताए ।
२०८० सालदेखि दर्तावाल लेखापरीक्षकलाई एक व्यक्ति एक पेशाको अवधारणा लागू गर्न लागिएको भन्दै सो नीति उपयुक्त नभएको बताए । उनले लेखा परीक्षक ऐन २०३१ विपरित एक ब्यक्ति एक पेशाको रुपमा लेखापरीक्षकले काम गर्न समस्या हुने भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।
नेपाल चार्टट एकाउन्टेन्ट ऐन २०५७ संसोधन हुन लागेकोले त्यसलाई संसोधनको क्रममा जाँदा त्यसमा छलफल गरेर अगाडी लैजानुपर्ने उनले बताए ।
अध्यक्ष पौडेलले प्रोफेश्नल एकाउन्टेन्ट विषय पढाउनका लागि सिटिइभीटीबाट पढाउनेगरी १६सय ९६ घण्टाको कक्षा हुने, ८० प्रतिशत सैद्धान्तिक र २० प्रतिशत अभ्यासगत कोर्ष संचालन गर्ने तयारी गरेको बताए । उनले पाठ्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगी व्यवसायी मैत्री नीति ल्याउन सरकारलाई आग्रह गरे ।
चार्टस एकाउन्टेन्ट संघ एक्यानका अध्यक्ष दिपक पाण्डेले बजारमा अडिर्टसको ब्रान्ड स्थापना गर्न सफल गराएकोमा चार्टड एकाउन्टेसको तर्फबाट अडिटरहरुलाई धन्यवाद दिए ।
उनले नेपालबाट चार्टड एकाउन्टेन्टहरु दुबई, मलेसिया, अष्ट्रेलिया, यूरोप लगायतका देशमा पलायन हुने अवस्था रहेको बताए । पाण्डेले राज्यको नीति नियम बनाउँने ठाँउमा सिएहरुको भूमिका खेल्न सक्ने, अहिले राज्यका ३ तहमा पनि सिएले भूमिका खेल्न सक्ने भएपनि त्यो वातावरण नभएको बताए ।
उनले चार्टस एकाउन्टेन्ट संघ र नेपाल अडिर्टस एशोसियसनका मुद्धाहरु समान भएकोले त्यसमा संगै हातोमालो गरेर जान सक्ने बताए । उनले लेखापरीक्षकहरु एक व्यक्ति एक पेशामा लाग्ने नीति उपयुक्त नभएको बताए ।
कार्यक्रममा कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले संस्थाहरुको आर्थिक अवस्थाले देशको आर्थिक अवस्था देखाउँने बताउँदै त्यस्ता संस्थाहरुको लेखापरीक्षण गर्दा देशका लागि सहयोग पुग्ने बताए । अडानको काम महालेखा परीक्षकको कार्यालयसँग पनि जोडिएको उल्लेख गरे ।
यस्तै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले अडानले उठाएका विषय र मुद्धाहरुमा उद्योग वाणिज्य संघको पनि साथ रहेको बताए । धेरै उद्योग व्यवसाय पलायन भएर गएको, धेरै सटरहरु बन्द भएको, धेरै उद्योगीहरु पलायन भएकोको बताउँदै उद्योगीहरुका लागि सहज नीति ल्याउनका लागि आग्रह गरे । उनले उद्योग क्षेत्रलाई सहयोग पुग्यो भने मात्र देश विकासमा सहयोग पुग्ने, उद्योगीहरु पलायन भएको उल्लेख गर्दै ढकालले त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले जिल्ला–जिल्लामा एकान्टिङको धेरै समस्या रहेको बताए । एकाउन्टको हिसाव राख्न सक्ने जनशक्ति नरहेको बताउँदै जिल्ला जिल्लामा युवाहरुलाई यसबारे तालिम गराउन मन्त्रालयलाई भनेको उल्लेख गरे ।
अडानको तर्फबाट सिटिइभिटी मार्र्फत एकाउन्टिङ्गको तालिम दिने काम सकारात्मक रहेको बताउँदै उनेले दक्ष जनशक्तिलाई गाउँ जाने वातावरण बनाउनुपर्ने बताए ।
उनले सशस्त्र प्रहरीबाट भन्सारबाट छुटाएको सामानको पनि चेकजाँच गरेर दुःख दिने काम गरेकोप्रति पनि मन्त्री महतको ध्यानाकर्षण गराए ।
उनले हिजोको तुलनामा काम घटेको तर बैंकको व्याज नघटेको, आधा भन्दा बढी व्यवसायी कालोसूचीमा परेको भन्दै यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए । व्यावसायीलाई परेको आर्थिक संकट समाधान गर्नका लागि जिम्मेवारीपूर्वक नीति ल्याउन उनले आग्रह गरे ।
नेपाल अडिटर्स एशोसियन (अडान) को ६५ जिल्लामा संगठन विस्तार भएको छ भने ७ हजारबढी सदस्यहरु रहेका छन् ।

Related

Previous Post

भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

Next Post

राष्ट्रिय किक बक्सिङको तयारी

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
राष्ट्रिय किक बक्सिङको तयारी

राष्ट्रिय किक बक्सिङको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

आइतवार, साउन १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In